काठमाडौं– सरकार स्वेच्छाचारितामा चलेको आरोप लगाउँदै धर्ना दिन गएका मानवअधिकारकर्मीहरु बानेश्वरबाट पक्राउ परेका छन्।
कृष्ण पहाडीसहितका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा गएका २५ भन्दा धेरै अधिकारीकर्मीहरु पक्राउ परेका छन्। निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुले 'सत्याग्रही भोकै छन्, नेपाली जनता रोएका छन्', 'नेपाल सरकार लहड हैन लोकतान्त्रिक अाचरण प्रदर्शन गर' लगायतका नारा लगाएका थिए।
उनीहरुले गत शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए। शनिबार पनि प्रहरीले उनीहरुलाई २ घन्टा थुनामा राखी रिहा गरेको थियो।