नेपालमा एचआइभी एड्सबाट संक्रमित हुनेहरुको संख्या घट्दै गएको एक सर्वेक्षणले देखाएको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले गरेको उक्त सर्वेक्षणमा महिला यौन व्यवसायीमा एचआइभीको व्यापकता दर घटेको पाइएको छ।
सन् २००३ मा महला यौन व्यवसायीहरुमा एचआइभीको व्यापकता दर २ प्रतिशत रहेको थियो भने २०१८ सम्म आइपुग्दा घटेर ०.७ प्रतिशत झरेको देखाएको छ।
आज राजधानीमा आयोजित सर्वेक्षण सार्वजनिक कार्यक्रममा भारतमा काम गरेर फर्केका पुरुष आ20ीका श्रीमतीहरुमा एचआइभीको व्यापकता दर पनि घटेको देखाएको छ।
भारतमा काम गरेर फर्केका पुरुष आ20ीका श्रीमतीहरुमा एचआइभीको व्यापकता दर २००८ मा ३.३ प्रतिशत थियो भने १० वर्षको अन्तरालपछि भने घटेर ०.५ मा झरेको छ ।
विभिन्न जिल्लाका कम्तिमा ३ महिनाको लागि भारत गएर ३ वर्ष भित्र घर फर्किएका १८ देखि ४९ उमेर भित्रका पुरुषहरुको सर्वेक्षण गरीएको थियो। सुनसरी, मोरङ, झापा, कैलाली, कञ्चनपुर, नवलपरासी गरी आठ जिल्लामा रहेका ३४० जना पुरुष समलिङ्गी र तेस्रोलिङ्गीमा सर्वेक्षण गरिएको थियो।
त्यसैगरी झापा ,मोरङ,सुनसरी धनकुटा आदिमा बसोबास गर्ने भारतमा काम गरेर फर्केका ३३० पुरुष आ20ीमा सर्वेक्षण गरिएको थियो। केन्द्रका उपमहानिर्देशक डा पुरुषोत्तमराज सेढाइले सार्वजनिक तथ्याङ्कमा आधारित सर्वेक्षणले एचआइभीको व्यापकता दर न्युनिकरण गर्नमा सहयोग पुग्ने बताए।
नेपालमा एचआइभी संक्रमितको संख्या ३१ हजार रहेकाे छ भने ती मध्ये १५ हजार संक्रमितहरुले औषधी सेवन गर्दैछन् भने १० हजारजना औषधी सेवन गरेका छैनन्।