काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसारको नयाँ संगठन संरचना अनुसार मन्त्रालय र मातहतका कार्यालयका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रालयले मंगलबार ३० जना कर्मचारीलाई नयाँ संरचना अनुसार जिम्मेवारी तोकेको हो। मन्त्रालयले २६ जनालाई नयाँ जिम्मेवारी दिएको छ। मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत चार जनालाई भने मन्त्रालयमा तानिएको छ।
नयाँ संरचना अनुसार जिम्मेवारी हेरफेर गर्दा स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागका महानिर्देशकको जिम्मेवारी भने यथावत राखिएको छ।