जुम्ला– डा गोविन्द केसीले सरकारको हेलिकप्टरमा नफर्किने अडान राखेका छन् । राज्यले आफूलाई अपहरण शैलीमा काठमाडौं लैजान लागेकोले सरकारको हेलकप्टरमा नजाने बताएका हुन् ।
सरकारी पक्ष स्थानीयमाझ घुसपैठ भएर अस्पताल तोडफोड र आगो लगाउने क्रियाक्लापसम्म गरेर भएपनि डा केसीलार्इ ल्याउने तयारीमा रहेकाे सूचना डा केसीले पाएका छन् । कर्णाली अञ्चलका बासिन्दाको भरोषा अस्पतालमा क्षति हुन नदिने भन्दै उनी काठमाडौं अाउन भने तयार भएका छन् ।
‘राज्य मेरो स्वास्थ्यप्रति संवेदनशील भएको हो भने मेरो माग पूरा गरोस्। म अनसन तोड्छु,’ केसीले भने ‘तर जबर्जस्ति गर्न पाइदैन।'
माग पूरा नभएसम्म भने जहाँ पुगेपनि अनसन जारी रहने बताएका छन्।
आफ्नो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार नभएको उनले बताए। उनले भने, 'कसैको गुन्डागर्डी चल्दैन । जनताको हक प्राप्तिका लाग म लडिरहन्छु।'
सरकारले आजै मात्र केसीलाई काठमाडौं ल्याउने भन्दै सेनाको हेलिकप्टर पठाएको थियो । प्रहरीले उनी अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा हस्तक्षेप गरेर सर् समर्थकहरुलाई घाइते बनाएपछि केसीले आफू काठमाडौं आउन तयार भएको बताएका छन्।