काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अनसनरत डा.गोविन्द केसीलाई आज शुक्रवार त्रिवि शिक्षण अस्पताल पुगेर भेटेका छन्।
२० दिन देखि अनशनरत डा केसीलाई भेटेपछि देउवाले केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको बताएका छन् । भेटपछि उनले भने ‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ । तर डा.केसीको पछाडी हामी लाखौ छौं।’
देउवाले वार्ता गरेर माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । उनले डा केसीको जीवन बचाउन उनले माग गरेका छन्।
देउवाले भेटेको केहि समयपछि काँग्रेसकै अर्का नेता अर्जुननर सिंह केसीले पनि डा केसीलाई भेटेका छन्।