रुपन्देही – प्रदेस नं ५ का १२ जिल्लाका जनस्वास्थ्य, स्वास्थ्य कार्यलयमा ५ सय १७ जनाको दरबन्दी रिक्त पाइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार १२ जिल्लामा चिकित्सक, एचए, सिएमए अनमी र प्रशासनिक कर्मचारी गरी ५ सय १७ जनाको दरबन्दी खाली रहेको जनाएको छ।
दरबन्दी खाली रहेका जिल्लामा गुल्मी ६९ जना, पाल्पामा ४४, नवलपरासीमा ३२, रुपन्देहीमा ६२, कपिलबस्तुमा ८९, दाङमा १७, बाँकेमा २९, वर्दियामा ५ प्युठानमा ६९, रोल्पामा ३२, रुकुममा ११ र अर्घाखाँचीमा करारको बढी दरबन्दी देखिएको स्वास्थ्यमशाशाखा प्रमुख उमाशंकर चौधरीले बताए।
४९ लाख ३३ हजार १ सय ८५ जनसंख्या रहेको प्रदेस नं ५ का ३ सय २२ वडामा अझै हेल्थपोष्ट स्थापना भएका छैनन्।