काठमाडौं– सरकारले स्वास्थ्य सेवा विभाग र यस अन्तर्गतका महाशाखाहरुको नयाँ संगठन संरचना पारित गरेको छ। मन्त्रीपरिषदबाट पारित भएको उक्त नयाँ संरचना कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ।
नयाँ संगठन संरचना अनुसार स्वास्थ्य सेवा विभागको ७५ वटा दरवन्दी काटिएको छ। विगतमा १ सय ९६ वटा दरवन्दी रहेको विभागमा अब १ सय २१ जनाको दरवन्दी रहने छ। सरकारले संघीयता कार्यान्वयन गर्ने क्रममा नयाँ संरचना ल्याएको हो। जसअनुसार विभागमा ३२ वटा दरवन्दी थप गरिएको छ भने १ सय ७ वटा दरवन्दी काटेर नयाँ दरवन्दी बनाइएको छ।
नयाँ संरचना अनुसार विभाग अन्तर्गतका पाँचवटा महाशाखा नै खारेज भएका छन् भने तीनवटा नयाँ महाशाखा बनाइएको छ। विगतमा विभाग अन्तर्गत ७ वटा महाशाखा थिए अब ५ वटा बनाइएको छ। ५ वटा महाशाखा अन्तर्गत २२ वटा शाखा बनाइएको छ।
खारेजीमा परेका महाशाखामा आपूर्ति व्यवस्था, परिवार स्वास्थ्य, बाल स्वास्थ्य, कुष्ठरोग नियन्त्रण र प्राथमिक स्वास्थ्य तथा पुनर्जागरण महाशाखा रहेका छन्। यस्तै नयाँ बनाइएको महाशाखामा परिवार कल्याण, उपचारात्मक सेवा र 4 तथा सामाजिक सुरक्षा महाशाखा रहेका छन्।
नर्सहरुले स्वास्थ्य मन्त्रालय अन्तर्गत छुट्टै महाशाखा बनाउनुपर्ने भन्दै चर्को आन्दोलन गरेका थिए। तर सरकारले विभाग अन्तर्गत छुट्टै महाशाखा बनाएको हो।
परिवार र बाल स्वास्थ्य मर्ज
परिवार स्वास्थ्य र बाल स्वास्थ्यलाई जोडेर परिवार कल्याण महाशाखा बनाइएको छ। विगतमा मातृ स्वास्थ्यसँग सम्बन्धित काम परिवार स्वास्थ्य र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषणको काम बाल स्वास्थ्य महाशाखाले गर्दै आएको थियो। आमा र बच्चाको स्वास्थ्यका कार्यक्रमलाई छट्टाछुट्टै राख्दा समस्या आएको भन्दै यी दुई महाशाखालाई एकै स्थानमा राख्नुपर्ने विषयमा पहिला पनि बहस हुँदै आएको थियो।
यस्तै, आपूर्ति व्यवस्था महाशाखालाई व्यवस्थापन महाशाखा अन्तर्गतको शाखाका रुपमा राखिएको छ। आपूर्तिले औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरिदको काम गर्दै आएको थियो।
यसका साथै, नयाँ संगठन संरचना अनुसार कुष्ठरोग महाशाखालाई उपचारात्मक सेवा महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका रुपमा राखिएको छ।
निःशुल्क औषधि, सहरी स्वास्थ्य, स्वास्थ्यको सामाजिक लेखापरिक्षण लगायतका काम गर्ने महाशाखा प्राथमिक स्वास्थ्य तथा पुनर्जागरण माहाशाखालाई पनि पूर्ण रुपमा खारेज गरिएको छ।
नसर्ने रोग, मुख र मानसिक स्वास्थ्यका लागि छुट्टै शाखा
नयाँ संगठन संरचनामा नसर्ने रोग तथा मानसिक स्वास्थ्यका लागि पनि छुट्टै शाखाको व्यवस्था गरिएको छ। यसअघि यी रोगका लागि छुट्टै शाखाको व्यवस्था थिएन। सरकारले सरुवा रोगका लागि मात्र प्राथमिकता दिँदै आएको भन्दै आलोचना हुँदै आएको थियो। नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगको भार बढी भइसकेको छ। खानपान र 18मा आएको अस्वस्थ परिवर्तनले नसर्ने रोगको भार ६० प्रतिशत भन्दा बढी पुगिसकेको छ।
यसका साथै सरकारले मुख स्वास्थ्यका क्षेत्रमा पनि नयाँ शाखा स्थापना गरेको छ। नयाँ संरचनामा मुख स्वास्थ्य सहित आँखा, नाक, कान घाँटीका लागि ‘आँखा, इएनटी तथा ओरल हेल्थ शाखा’ बनाइएको छ।
यी हुन् ५ महाशाखा र त्यस अन्तर्गतका २२ शाखाहरु
१. व्यवस्थापना महाशाखा
- एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा
- पूर्वाधार विकास शाखा
- वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखा
- आपूर्ति व्यवस्थापन शाखा
२. उपचारात्मक सेवा महाशाखा
- अस्पताल सेवा अनुगमन तथा सुदृढिकरण शाखा
- आधारभुत तथा आकस्मिक सेवा व्यवस्थापन शाखा
- आँखा, इएनटी तथा ओरल हेल्थ शाखा
- कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा
३. इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
- एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा
- जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखा
- रोग निगरानी तथा अनुसन्धान शाखा
- इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा
- एनसिडी तथा मानसिक स्वास्थ्य शाखा
४. परिवार कल्याण महाशाखा
- बाल स्वास्थ्य तथा खोप सेवा शाखा
- मातृ तथा नवशिशु स्वास्थ्य शाखा
- परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा
- पोषण शाखा
५. 4 तथा सामाजिक सुरक्षा महाशाखा
- 4 क्षमता विकास शाखा
- जेरियाट्रिक तथा लैंगिक हिंसा व्यवस्थापन शाखा
- सामाजिक स्वास्थ्य सुरक्षा शाखा
- प्रशासन शाखा
- आर्थिक प्रशासन शाखा
कुन महाशाखा प्रमुखमा को ?
व्यवस्थापन महाशाखा– रमेश प्रसाद अधिकारी
उपचारात्मक सेवा महाशाखा – डा मनिषा रावल
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा– डा विवेक कुमार लाल
4 तथा सामाजिक सुरक्षा महाशाखा– रोशनी लक्ष्मी तुइतुई
हेरौँ नयाँ संरचना र दरवन्दी विवरण