काठमाडौं- डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय डाक्टरहरु आकस्मिक बाहेकका सेवामा सहभागि नहुने भएका छन्।
तीन वटै संस्थाका आवासिय डाक्टरहरुको संस्थाले विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सेवामा सहभागि नहुने जनाएका हुन्। नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन, त्रिवि शिक्षण, रेजिडेन्टस एशोसिएसन अफ न्याम्स, वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले आकस्मिक र आइसियु बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका हुन्।