विचार/ब्लग

सरकारले छलकपट गरेर डा केसीको ज्यान जोखिममा पार्ने काम गर्यो : डा अभिषेक राज सिंह

चिकित्सा शिक्षामा हलो अड्काउने काम

 

काठमाडौं-  डा गोविन्द केसी वार्ता टोलीको संयोजक डा अभिषेक राज सिंहले सरकारले छलकपट गरेर डा केसीको स्वास्थ्य जोखिममा पार्ने काम गरिरहेको बताएका छन्। डा केसीको अनसनको २६ दिन भइसक्दा पनि सरकारी वार्ता टोलीले मुख्म मागका विषयमा छलफल नै नगरी अालटाल मात्र गर्न खोजेको भन्दै उनले अालोचना गरेका छन्।

डा सिंहले विज्ञप्ति जारी गर्दै सरकारले चिकित्सा शिक्षामा हलो अड्काउने काम गरेकाे भन्दै सरकारो विरोध गरेका छन्।

हेरौं विज्ञप्ति

डा गोविन्द केसी १५ औं सत्याग्रहको २६ औं दिनमा रहनुभएको यहाँहरुलाई विदितै छ । यसबीच सरकार तथा डा केसी दुवैका तर्फबाट वार्ता टोली गठन भएर विभिन्न चरणमा वार्ता समेत भइसकेको छ । अध्यादेश बमोजिमको चिकित्सा शिक्षा ऐन आउनुपर्ने डा केसीको मागको सन्दर्भमा यस अगाडि सरकारले तोडमोड गरेर संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने डा केसीको अडान रहेको थियो । तर वार्ताको क्रममा हदैसम्म लचकता अपनाउँदै डा केसीका तर्फबाट विधेयक फिर्तीको माग थाँती राख्दै विधेयकका प्रावधानहरुमा सुधार गरी सहमति जुटाउनका लागि सरकार पक्षसँग विभिन्न चरणका अनौपचारिक र औपचारिक छलफलमा सहभागी भएका थियौं । 

तर आज २६औं दिनमा डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको हुनाले यही अलमलका कारण डा. केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ । यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौं । 
त्यसैले यस्तो संवेदनशील समयमा आएर छलकपटपुर्वक सत्याग्रही डा. केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने सरकारको रवैयाको कडा विरोध गर्दर्छौं । साथै हामीले सरकारलाई उपलब्ध गराएको सुचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं । 

डा अभिषेक राज सिंह
संयोजक

 डा गोविन्द केसी वार्ता टोलीको संयोजक

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने