विचार/ब्लग

नेपालमा मेडिकल कलेजको संख्या कति, कहिले र कसरी स्थापना भए ?

गौरीबहादुर कार्की

नेपालमा मेडिकल कलेजहरु जम्मा कति छन् ? सरकारी कति छन् ? निजी अर्थात् प्राइभेट कति वटा छन् ? एमबीबीएस मात्र पढाउने कति छन् ? बीडिएस मात्र पढाउने कति छन् ? पिजी पोष्ट ग्राजुयट अर्थात् एम डी मात्र पढाउने कति छन् ?   

यिनको संख्या सम्बन्धमा सञ्चार माध्यममा फरक फरक कुराहरु आएकाले प्रष्ट पार्नको लागि यो लेखिएको हो । चिकित्सा शिक्षामा अण्डर ग्य्राजुएट तह भनेर एमबीबीएस तहलाई भनिन्छ । ग्य्राजुएट तह भनेर पोष्ट ग्य्राजुएट अर्थात् एम डी तहलाई भनिन्छ ।

निजी क्षेत्रबाट मेडिकल कलेजका लागि भएका प्रयास
काठमाण्डौ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पहिलो मेडिकल कलेजको रूपमा सन् १९९४ मा पोखरामा मणिपाल कलेज अफ मेडिकल साइन्सेजको स्थापना भएको हो । काठमाडौ विश्वविद्यालयको आंगिक कलेज सहित ११ वटा मेडिकल कलेजहरू संञ्चालनमा रहेका छन् जसमा १० वटा मेडिकल कलेज निजीस्तरमा सञ्चालनमा रहेको देखिन्छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयको एक आंगिक क्याम्पस र ९ वटा निजीस्तरमा चिकित्सा शिक्षा प्रदान गर्ने कलेजहरू सञ्चालनमा रहेका छन् ।

नेपालमा हाल सरकारी सहित चिकित्सा शिक्षा सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने निकायहरू देहाय बमोजिम रहेका छन् :

१) त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरु (आफ्नो आंगिक सङ्काय महाराज क्याम्पस सहित) १० दश वटा मेडिकल कलेज

२) काठमाडौ विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरु (आफ्नो आंगिक सङ्काय स्कूल अफ मेडिकल साईन्सेज धुलिखेलसहित) ११ एघार वटा मेडिकल कलेज

त्रिविवि अन्तर्गत १० वटा मेडिकल
कलेजहरु रहेकाः
१. आफ‍्नै आंगिक संकाय महाराजगन्ज क्याम्पस ।
२. प्राइभेट मेडिकल कलेज ७ वटा  (सेनाको सहित)
३. डेण्टल मात्र पढाउने कलेज  २
४. २० वर्ष पुराना   २
५. १५ वर्ष पुराना २
६. १० वर्ष पुराना ८  

काठमाडौं विश्वविद्यालय अन्तर्गत
११ वटा मेडिकल कलेजहरु

१. आप्mनै आंगिक संकाय स्कूल अफ मेडिकल   साइन्सेज धुलिखेल ।
२. प्राइभेट मेडिकल कलेज ७ र विस्तारित २   समेत ९
३. डेण्टल मात्र पढाउने कलेज  १
४. २० वर्ष पुराना   ५
५. १५ वर्ष पुराना  ५
६. १० वर्ष पुराना  ९  
 

दुवै विश्वविद्यालयमा गरी  
१.   २० वर्ष पुराना   ७  वटा रहेका ।
२.   १५ वर्ष पुराना   ७  वटा रहेका ।      ३.   १० वर्ष पुराना   १७  वटा रहेका ।
हाल पढाई सन्चालन भइरहेका मेडिकल कलेजहरुः २१, प्रतिष्ठान ३ गरी २४ वटा रहेका ।

त्यसमध्ये सरकारी ४ वटा रहेका (महाराजगन्ज, न्याम्स वीर अस्पताल, पाटन र धरान) न्याम्स वीर अस्पतालले एम.डी. मात्र अध्यापन गराउने । एमबीबीएस होइन ।
प्राइभेट मेडिकल कलेज   २० वटा रहेका ।
एमबीबीएस मात्र पढाउने   १७ वटा ।
बीडीएस मात्र पढाउने   ३ वटा ।
एमबीबीएस र बीडीएस दुवै पढाउने   १० वटा
एमबीबीएस मात्र पढाउने   ९ वटा ।
बीडीएस मात्र पढाउने   ३ वटा ।

काठमाडौं उपत्यका भित्र त्रिविविका ४ (महाराजगन्ज, किष्ट, सेना र पिपुल्स डेन्टल) काबिबिका ४ वटा (केएमसी सिनामंगल, एनएमसी अत्तरखेत जोरपाटी, कान्तिपुर डेन्टल कलेज, धापासी र आंगिक धुलिखेल) तथा पाटन स्वा वि प्रतिष्ठान समेत गरी राजधानी आसपासमा ९ वटा मेडिकल कलेज हाल सन्चालनमा रहेका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापनाको सन्दर्भ
4, हेल्थ असिस्टेन्ट, अनमी र अहेव कार्यक्रमहरू सञ्चालन गर्ने सबै स्कूलहरूलाई गाभेर सन् १९७२ मा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्थापना गरिएको थियो भने सन् १९७२ देखि १९७८ सम्म चिकित्साशास्त्र अध्ययन संस्थानले आधारभूत र मध्यमस्तरका स्वास्थ्य जनशक्ति उत्पादन गर्ने कार्यको थालनी भएको देखिन्छ । त्यस्तै सामान्य चिकित्सा, फार्मेसी, रेडियोग्राफी, हेल्थल्याब, 4 र आयुर्वेद विषयमा प्रमाणपत्र तहका कार्यक्रमहरू सञ्चालित थिए । सन् १९७६ मा यस संस्थानमा शुरु गरिएको पहिलो स्नातक स्तरको कार्यक्रम बि.एन.रहेको थियो । त्यसैगरी चिकित्सा शास्त्र अध्ययन संस्थानले स्नातक स्तरीय चिकित्सक उत्पादन गर्ने शैक्षिक कार्यक्रम (एमबीबीएस) थालनी गर्नका लागि आवश्यक तयारी पनि गरिरहेको थियो । सोही क्रममा नेपालका ६ जिल्लामा स्वास्थ्य सर्वेक्षण गरी नागरिकका स्वास्थ्य समस्या र तिनको निराकरणका उपाय के हुन सक्छन् ? र चिकित्सकमा कस्तो सक्षमता हुनुपर्ने भन्ने जानकारी लिइएको देखियो । सोही आधारमा चिकित्सा शिक्षाका लक्ष्य र उद्देश्यहरू निर्धारण गरेको देखिन्छ।

पहिलो पटक नेपालमा प्रमाणपत्र तह उत्तीर्ण स्वास्थ्य सहायक, नर्स, फार्मेसिस्ट, ल्याब सहायक, रेडियोग्राफरहरू लगायतका स्वास्थ्यकर्मीमध्येबाट २२ जना लाई छनोट गरी सन् १९७८ मा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले स्नातक (एमबीबीएस) स्तरको कार्यक्रम शुरु गर्‍यो । विद्यार्थी भर्ना संख्यामा विस्तारै बढोत्तरी गर्दै सन् १९९३ मा भर्ना संख्यालाई प्रतिवर्ष ४० जना पु¥याइयो । यसै बीच सन् १९८७ सालदेखि यस कार्यक्रममा भर्ना हुने विद्यार्थीमध्ये ५० प्रतिशत विज्ञानमा प्रमाण पत्र तह उत्तीर्णहरू मध्येबाट भर्ना लिने प्रावधान शुरु गरियो । सन् २००० देखि यसमा परिवर्तन गरी पूरै विद्यार्थीहरू विज्ञानमा प्रमाणपत्र तह उत्तीर्ण गरेकामध्येबाट मात्र प्रतिस्पर्धा गराई योग्यताक्रमका आधारमा भर्ना लिने पद्धति लागू गरियो ।

सरकारीस्तरमा स्थापना भएका स्वास्थ्य प्रतिष्ठान
क. वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
स्थापना सन् १९९३ मा, आफ्नो स्थापनाकालको केही समय पछि नै यस प्रतिष्ठानले एमबीबीएस कार्यक्रममा ३० जना विद्यार्थीहरूको भर्ना लिई पठनपाठन थालनी गरेको थियो ।

ख. राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान
नेपालमा सरकारी क्षेत्रमा दक्ष विशेषज्ञ चिकित्सकको उत्पादन गर्ने अभिप्रायले अर्को उल्लेख्य कार्य सन् २००२ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको स्थापना भयो । ख्यातिप्राप्त न्यूरो सर्जन प्रा.उपेन्द्र देवकोटा स्वास्थ्य मन्त्री हुनु भएपछि स्थापनाा भएको हो ।

ग. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
सन् २००८ मा स्थापित, यस प्रतिष्ठानले सन् २०१० देखि एमबीबीएसमा विद्यार्थी भर्ना गरेको थियो ।

घ. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, यो लगायत अन्य प्रतिष्ठानमा एमबीबीएस अध्यापन शुरु हुन सकेको छैन ।
दुर्गम जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वि.सं. २०६८ सालमा स्थापना गरिएको थियो ।

ङ. अन्य प्रतिष्ठान
त्यसै गरी नेपाल सरकारले भौगोलिक सन्तुलनलाई समेत मध्यनजर गरी स्वास्थ्य शिक्षामा पहुँचको सुनिश्चिता गर्नका साथै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा दिने अभिप्रायले प्रदेश नं. ४ को कास्की जिल्लामा वि.सं. २०७२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश नं. ५ को दाङको घोराहीमा स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन वि.सं. २०७४।६।२९ गते राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानको स्थापना गरिएको छ । त्यसै प्रदेश नं. ७ को कैलालीको गेटामा नयाँ मेडिकल कलेज स्थापनाका लागि प्रयत्न भैरहेको छ । साथै नेपाल सरकारको आर्थिक वर्ष २०७२।०७३ को बजेट वक्तव्यमा व्यवस्था भई प्रदेश नं. २ को महोत्तरी जिल्लाको वर्दिवास, प्रदेश नं. ५ को रुपन्देहीको बुटवल र प्रदेश नं. ६ को सुर्खेतमा मेडिकल कलेज स्थापनका लागि प्रयत्न भइरहेको छ ।

(कार्की चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगका पूर्व अध्यक्ष हुन्)

 

 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live