विचार/ब्लग

ल्याव टेक्नोलोजी : उपचारको महत्वपूर्ण विधा, तर किन ओझेल?

 मीनराज पन्थी

ल्याव टेक्नोलोजि भनेको रोगहरको उत्पत्ती, प्रकृति नियन्त्रण र उपचार गर्ने मेडिकल साइन्सको महत्वपूर्ण विधा हो। जसले बिरामीको रोग निदानमा महत्वपूर्ण काम गर्छ। 

बिरामी अस्पताल पुगेपछि विभिन्न जाँच गर्नुपर्ने हुन्छ। ती जाँच गर्ने काम ल्याव टेक्नोलोजिष्टहरुले गर्छन। 

उनीहरुले दिएको रिर्पोटको आधारमा डाक्टरको के रोग लागेको हो भन्ने निक्र्यौल गरेर औषधि दिने र बाँकी उपचार गर्ने गर्छन्। 

ल्याव टेक्नोलोष्टिबिना देशको स्वास्थ्य सेवा कल्पना गर्न सकिदैन। उनीहरुले जसरी ध्यानपूर्वक ल्यावमा काम गर्छन् त्यति नै सही रिर्पोट निस्कन्छ। 

नेपालमा १५ महिनादेखि स्नाकोत्तर र पिएचडिसम्म ल्यावबारे अध्यापन हुदैँ आएको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा हालसम्म दर्ता भएको तथ्यांक हेर्ने हो भने लगभग विभिन्न तहको विशेषज्ञ हासिल गरेका बीस हजार ल्याव टेक्नीससियन छन्। 

दशकक्षा पास गरेपछि यो विषयमा  पढाई हुन्छ। १५ महिनालेखि ३ वर्षेसम्म एकेडेमिक कोर्स हुन्छ। त्यसपछि स्नातक तहको बीमएलटी पढ्न पाइन्छ। त्यसपछि एमएस्सी बीमएलटी पढ्न पाइन्छ। यसमा विभिन्न विधामा पढ्न सकिन्छ।

पीएचडी पनि नेपालमा अध्यापन हुन्छ। ल्याव असिष्टेन्ट नेपालमा धेरै छन्। शैक्षिक संस्था पनि धेरै छन्। परिषद्मा हाल सम्म दर्ता भएका ल्याव असिस्ष्टेन १४ हजार छन्। ल्याव टेक्निसियन ४हजार ४ सय, विएमएलटी – ल्याव टेक्नोलाजिष्टहरु दुई हजार छन्। 

एमएस्सी सकेका ल्याव टेक्नीसियनहरुको संखया ५०० सय छ जसमा  बायोक्यामेष्ट्री  र बायोबायोलोजि धेरै पढेका  छन्।  स्नातक तहको अधयापन त्रिवीबाट सम्बन्धन प्राप्त कलेज, र पोखरा विश्वविद्यालयले यो विषयमा पढाउछन्।

नेपालमा ल्यावसम्बन्धी पढाई छिमेकी देश भातरमा सस्तो छ। यहाँबाट देहरादुन, बैंलोर , चण्डीगडमा ल्याव पढ्न जानेको संख्यापनि धेरै छ । 

सरकारले ल्याव टेक्निसियनहरुलाई प्राथमिकतामा राख्न सकेको छैन। जसरी ल्यावसम्बन्धी अध्यापन हुने कलेज बढे त्यसरी रोजगारी पाउने अवस्था छैन।

लाखौँ खर्च गरेका अध्ययन गरेका हरु काम नपाएर विदेशीएका हाम्रा धेरै साथी छन्। कसैले अन्य पेशा परिवर्तन गरेकाहरु पनि छन्।

देश संघीयतामा गईसकेका ले राज्यलेपनि ल्याव टेक्निसियनहरुलाइ व्यवस्थित परिचालन गर्नुपर्छ। निजी क्षेत्रमा काम गर्नेहरुको अहिलेसम्म बीमा भएको छैन। भने निजी स्वास्थ्य संस्थामा उचित पारिश्रमिकको पनि व्यवस्था छैन। जसले गर्दा एकातिर यो क्षेत्रका प्राविधिकले पेशा परिवर्तन गर्ने अर्कोतिर सन्तुलित रुपमा स्वास्थ्य सेवा नहुदाँ ग्रामिण भेगका जनता सेवा पाउनबाट बन्चित हुनुपरेको अवस्था छ। 

यो क्षेत्रलाई रोग निदानसँगसँगै अनुसन्धानको विषयमा एकेडेमी बनाउनुपर्नेमा सरकारले ध्यान दिनुपर्ने भएपनि यस्तो हुन सकेको छैन 

-(पन्थी नोबेल कलेजमा ल्याबटेक्नोजोष्टि अन्तिम वर्षका विद्यार्थी हुन्।)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

राजेश गिरि लेख्नुहुन्छ साउन १९, २०७५ शनिवार ०९:४९:१९
हो मलाई पनि खुसी लाग्यो यो news पढ्न पाउदा health sector मा सबै भन्दा हेपिएको विषय हो ल्याब......सरकारको एता तिर पनि ध्यानाकर्षण होस।
rajendra devkota लेख्नुहुन्छ साउन १३, २०७५ आइतवार १०:५१:४४
खुसी लाग्यो ल्याब जस्तो मेडिकल बिषय मा सबैभन्दा बढी हेपियको विषयको बारेमा कुरा उठायकोमा एउटा बिरामी उपचार गर्न जादा रोग diagnosis गर्न महत्त्वपूर्ण test सबै lab test नै हुन । नेपाल सरकार ले नबुझे को होकि गाउँ मा हजारौं बिरामी मर्छ्न उपचार नपाएर । किनकि उपचार गर्ने cma HA लाई राखेको छ उनलाई रोग diagnosis गर्न आउदैन अनि मर्छन । तेसैले अब सरकार ले lab लाई पनि बढी सरकारी कोठा खोल्नु पर्‍यो । गाउँ मा पनि hospital खोल्नु पर्यो ।

यसमा तपाइको मत




पढ्नै पर्ने