काठमाडौँ– यदि तपाईं आँपको पारखी हुनुहुन्छ भनेर सावाधान हुनुहोस् । अहिले बजारमा पाइने आँप खानाले छालामा एलर्जीको समस्या देखिएको छ। उक्त समस्याकाे उपचार गराउन अस्पताल धाउनेको सँख्या बढेकाे चिकित्सकहरुले बताएका छन्।
अप्राकृतिक रुपमा आँप पकाउन क्याल्सियम कार्बाइडको प्रयोग गरिएकाले आँप खाँदा छालामा एलर्जी भएर अस्पताल आउनेको संख्या बढेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनल बताए।
‘आँप अप्रकृतिक रुपमा पकाउन क्याल्सियम कार्र्बाइडको प्रयोग गरिएकोले आँप खादा छालाको रोग, पेट दुख्ने, वान्ता हुने लगायत अन्य शारीरीक समस्या उत्पादन हुने गरेको छ,’ पुनले भने।
पुनका अनुसार आँप खाएकै कारण परिवारका एक जना सदस्यलाई मात्र नभएर पूरै परिवारलाई समेत छालामा एलर्जी भएर अस्पताल आएको पाइएको छ।
उनले भने ‘आजभोली आँपको सिजन हो । त्यसैले सबैजनाले आँप खाने गर्छन् तर छिटो बेचेर फाइदा कमाउने हिसाबले व्यपारीहरुले फलफुल पकाउन प्रयोग गरिने केमिकलले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गरेको छ।’
आँपलाई स्वादिलो र पौष्टिक फलका रुपमा चिनिन्छ । प्राकृतिक रुपमै आँप खादा स्वास्थ्यमा निकै फाइदा पुग्छ । तर आजभोली आँपहरु अप्राकृतिक रुपले पकाइने बढी गरेका कारण हानी पुग्ने डा पुनले बताए।कार्बाइड नामक रसायन राखेको अाँप खादा छालामा एलर्जी डाइरिया हुने ,वान्ता आउने, ज्यु चिलाउने, झम्म बनाउने जस्ता लक्षण देखिनुका साथै फोक्सो, मुटु, मिर्गौलामा पनि दीर्घाकालिन समस्या हुने बताए ।
यसैगरी यस्तो रसायन मिसिएको खाद्य पदार्थले क्यान्सर, स्नायु प्रणनलीमा समेत असर पुर्याउने पोषणविद् सोफिया उप्रेति बताउँछिन्। अर्गानिक बाहेका बजारबाट किनेर ल्याएका फलफूललाई आधा घण्टा मनतातो नुन पानीमा डुबाएर खाँदा रसायनले कम हानी पुर्याउने उनले बताइन् । फलफूल किन्दा रंग परिवर्तन भएको फलफूल नकिन्न उप्रेतिले सल्लाह दिएकी छिन्।