काठमाडाैं- स्तनपान जीवनकाे अाधार भन्ने मूल नाराका साथ याे वर्षकाे विश्व स्तनपान सप्ताह शुरू भएकाे छ।
स्तनपान सप्तकाे अवसरमा विभागमा कार्यरत कर्मचारी तथा सेवाग्राहीलाई लक्ष्य गर्दै स्तनपान कक्षको स्थापना गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । बुधरबार विभाग परिसरमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेल, विभागका महानिर्देशक डा. गुणराज लोहनी र युनिसेफ नेपालका प्रतिनिधि टोमो होजुमीले संयुक्त रूपमा कक्षको उद्घाटन गरेका थिए ।
विभागमा स्थापना गरिएको स्तनपान कक्षमा बच्चा सुताउने ठाउँ र हात धुने ठाउँ राखिएको छ । उक्त कक्षमा दुईजना महिलाले एकैपटक स्तनपान गराउन सक्ने विभागले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले विभागमा रहेको स्तनपान कक्षले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा लिन आउने महिलालाई समेत सहज हुने बताए ।
नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार नेपालमा पूर्णस्तनपान गराउने आमाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्रमा स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको छ ।
यस्तै स्तनपान गराउनुअघि १० जना नवजात शिशुमध्ये ३ जना शिशुलाई घ्यू, मह र चिनी चटाउने गरिएको छ । शल्यक्रिया गरी जन्मिएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापन गर्ने फर्मूला खुवाइने गरेको छ।
स्तनपानका साथ साथै अरू थप अाहार खुवाइएकाे सङ्ख्या १२प्रतिशत छ । स्तनपानकाेसाथै अरू झाेलिलाे खाना खुवाउनेकाे सङ्ख्या २२ प्रतिशत छ।शिशुलाई कहिल्यै पनि स्थानपान नगराएकाे भने १ प्रतिशत मात्रै छ।
स्वास्थ्य सेवा विभागले नवजात शिशुलाई स्तनपानको अधिकार सुनिश्चित गर्न आर्थिक वर्षभित्रमा ३० वटा सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष सञ्चालन गर्ने योजना बनाएको छ। देशका ३० वटा अस्पताललाई मातृ तथा बालमैत्रि अस्पतालकाे रूपमा विकास गर्न याेजना छ।
स्तनपानका फइदाहरू
सामान्य स्वास्थ्य र वृद्धि तथा विकास गर्दछ ।
दूधमा रोग निरोधक तत्व हुने भएकाले नवताज शिशुको रोगसँग लड्ने क्षमतामा विकास हुन्छ ।
दूधमा रोग निरोधक तत्व हुने भएकाले नवताज शिशुको रोगसँग लड्ने क्षमताको विकासमा सहयोग पुर्याउँछ ।
नवजात शिशुलाई चाहिने सम्पूर्ण आधार नै आमाको दूध हो ।
स्तनपानले शिशुलाई तनाव र कष्टबाट मुक्त गराई आराम प्रदान गर्छ ।
स्तनपानले आमालाई हुने फाइदा
गर्भ निरोधकको रूपमा आमालाई मद्दत गर्छ ।
शिशु जन्मनासाथ छातिमा टाँसेर राख्दा आमाको पाठेघर खुम्चिने प्रक्रियालाई सहयोग गर्दछ, जसले गर्दा सालनान निक्लन र रक्तश्राव बन्द गर्न मद्दत गर्छ ।
स्तनपान गराउँदा निस्कने हर्मोनले आमाको तनाव कम गर्छ ।