रुपन्देही- नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर समिति र देवदह उद्योग वाणिज्य संघकाे संयुक्त याेजनामा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको छ।
देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गाेपाल प्रसाद ढकाल र नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर समितिका अध्यक्ष विजय गुरुङकाे संयुक्त सभापतित्वमा भएकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि कर्माचार्यद्वारा गमलाकाे फूलको बिरूवामा पानी सिँचाई गरि कार्यक्रमकाे उद्घाटन गरेका थिए। विशेष अतिथि देवदह नगरपालिकाका प्रमुख हिरा खत्री, अतिथिहरुमा रेडक्रस रुपन्देहीका मन्त्री कृष्ण पंगेनी, देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदमबहादुर थापा लगायतले मन्तव्य राखेका थिए।
नगर प्रमुख खत्रीले देवदह नगरपालिकाका नागरिकको लागि नि:शुल्क रगत पाउने व्यवस्थाका लागि छिटोभन्दा छिटो कार्यपालिकाकाे बैठक बसि कार्यान्वयन गर्ने समेत बताए।
यसअघि नेपाल स्वयंसेवी रक्तदाता समाज म्याग्दिकाे पहलमा म्याग्दी र हालैमात्र कैलालीको टिकापूर नगरपालिकानगर प्रमुख कपेन्द्र रावलद्वारा याे आर्थिक बर्षदेखि रगत नि:शुल्क वितरण गर्ने बताएका थिए। स्वयंसेवी रक्तदाताकाे रगतलाई सहि सम्मान र सम्बाेधन हुने क्रमकाे शुरूवात भएकाे भन्दै प्रमुख अतिथि कर्माचार्यले रक्तदान गर्नेहरुलार्इ धन्यवाद दिएका छन्।
कार्यक्रममा कर्माचार्यलार्इ रक्तादनको क्षेत्रमा योगदान गरेको भन्दै सम्मान सहित मायाको चिनो दिइएको छ।