ललितपुर- ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले धापाखेलका ७ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्विल चेयर प्रदान गरेको छ।
अल्का अस्पताल तथा अल्का पोलिक्लिनिक प्रालि सातदोबाटोले शनिबार ललितपुरको धापाखेलमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा प्रदेश नम्बर ३ की सांसद देवकी वान्तवाले ह्विल चेयर प्रदान प्रदान गरेकी हुन्।
पुर्ण गोपाल श्रेष्ठ, बासुदेव खड्का, गिता मालाकार, तारा महर्जन, संझना कार्की, गोमा खत्री र पवित्रा ज्ञवालीलाई वान्तवाले ह्विल चेयर प्रदान गरेकी हुन्।
जल्पा माविमा भएको निशुल्क स्वास्थ्य शिविरलाई लाइन्स क्लव अफ काठमाडौं अल्का, लियो क्लव काठमाडौं अल्का र नागदह पर्यटन सहकारीले सहयोग गरेका थिए।
शिविरमा स्त्री रोग विशेषज्ञ, बाथरोग विशेषज्ञ,दन्त रोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ र जनरल फिजिसियनहरुले करिव ३ सय विरामीको स्वास्थ्य परीक्षण गरेका थिए। विरामीहरुलाई औषधि पनि निशुल्क प्रदान गरिएको थियो।
अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या श्रेष्ठले स्थानीय निकायहरुसँग स्वास्थ्य शिविर र ह्विल चेयर बाँड्न पाउँदा खुसी लागेको बताइन्।