काठमाडौं- कर्मचारी समयोजन वा कर्मचारी व्यवस्थापनमा देशैभरका परिवार नियोजन सुपरभाइजर निरीक्षकहरुले आपत्ति जनाएका छन्। देश संघीय संरचनामा जाँदै गर्दा कर्मचारी समयोजन वा कर्मचारी व्यवस्थापन भइरहँदा पाँचौ, छैठौँ तथा सातौँ तहमा कार्यरत कर्मचारीहरु फाजिल हुन पुगेको भन्दै उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलार्इ ४ बुँदे ज्ञापन पत्र बताएका छन्।
उनीहरुले यसरी समायोजन गर्दा लामो समयदेखि परिवार नियोजन, महिला स्वास्थ्य स्वयंसेविका, गाउँघर क्लिनिक, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य जस्ता क्षेत्रमा हासिल गरेको अनुभव र दक्षता खेर जाने देखिएको भनी दुःखेसो पोखेका छन्।
यसका लागि सरकारले तत्काल सम्बोधन गर्नुपर्ने भन्दै हेल्थ इन्सपेक्सन समूहका नन–क्लिनिकल व्यवस्थापकीय पदहरु तथा क्लिनिकल पद हेल्थ अस्टिेन्टलाई अलग अलग पदमा राख्नुपर्ने, स्थानीय तहमा सबै महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाहरुमा दरबन्दी कायम गर्नु पर्ने लगायत ४ बुँदे माग राखि ज्ञापनपत्र बुझाएका छन्।
यस्तो छ ज्ञापनपत्र :