उदयपुर– सर्पदंशका बिरामी बढेको तर यसको उपचार सवैको पहुँचमा नरहेको भन्दै सर्पदंशको उपचार केन्द्रको माग गरिएको छ । उदयपुरको कटारी अस्पतालबाटै उक्त उपचार सेवा पाइने व्यवस्था मिलाइदिन सांसद सुरेश कुमार राईले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई आग्रह गरेका छन्।
सर्पले टोकेका बिरामीहरु उपचारका लागि अस्पताल ल्याइने तर सेवा नभएको भन्दै फर्काइने गरेका कारण दर्जनौं बिरामीको मृत्यु भइसकेको बताइएको छ । उदयपुरको कटारीमा रहेको आर्मी क्याम्पमा सर्पदंशको उपचार हुने गरेपनि दक्ष जनशक्ति र विष मापन गर्ने प्रविधी नरहेको कारण समस्या आउने गरेको सांसद राईले बताएका छन्।
उपचारका लागि भेन्टिेलटरसहितको एम्बुलेन्स, औषधि, अक्सिजन कन्सन्टेटरलगायतका आवश्यक सामग्रीको माग गरिएको छ ।