काठमाडौं– २७ दिनसम्मको अनसन र त्यसपछि पनि उपचारका क्रममा बिरामीको सेवा गर्न नपाएको भन्दै डा गोविन्द केसी भावुक भएका छन्। मंगलबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले त्यसका लागि क्षमा मागेका छन्।
'यो अनसन मेरा निम्ति बाध्यता थियो', उनले भने, 'यस अवधिभर बिरामीको सेवा गर्न नपाएकोमा क्षमा चाहन्छु।'
सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन गर्न डा गोविन्द केसीले ध्यानाकर्षण गराएका छन् । १५ औं अनसनपछि स्वास्थ्य उपचारमा रहेका उनले पत्रकार सम्मेलन गर्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
शिक्षण अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहमतिको यथाशिघ्र कार्यान्वयनको माग गरेका छन् । सहमतिको ८ औँ बुदामा आफूसँग भएको सहमति मन्त्रीपरिषद्बाट पास गर्ने उल्लेख गरिएकोमा उक्त कार्य नभएको भन्दै उनले सरकारलाई स्मण गराएका छन् ।
आफूसँग सहमति भए अनुसारनै सतारुढ र विपक्ष दलले चिकित्सा शिक्षा विधेकमा संशोधन हालेकोमा त्यसको स्वागत गरेका छन् । साथै थप तोडमोड नगरी चिकित्सा शिक्षा ऐन आउने अपेक्षा उनको छ।
उनले भनेका छन,् ‘हामीसँग भएको सहमति अनुसारनै ऐन आउने कुरामा विश्वस्त छौँ । त्यसो नभई छलछान गरि तोडमोड गरिएमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौँ।
यसबाहेक सहमतिमा रहेको जाँचबुझ आयोगले दाषी ठहरायका पदााधकारलाई कारबाही, कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाउन पहल लगायतका ६ बँदालाई पनि यर्थाशिघ्र्र कार्यान्वयनका लागि पहल गर्न ध्यानाकर्षण गराएा छन् ।