मुख्य समाचार

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा प्रा उमाकान्त नियुक्त

स्वास्थ्यखबर

काठमाडौं- सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्राध्यापक उमाकान्त प्रसादलाई नियुक्त गरेको छ। मन्त्रीपरिषद बैठकले उनलार्इ अध्यक्षमा नियुक्त गरेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा उनको नाम सिफारिस गरेको थियो। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यसअघिको प्रस्तावलाई हटाएर उनको नाम मन्त्रीपरिषदमा लगेका थिए। यसअघि स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा शेनेन्द्रराज उप्रेतीको नाम सिफारिस गरिएको थियो।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सिफारिस गरेको डा उप्रेतीको नाम हटाएर मन्त्री यादवले आफू निकटका प्राध्यापक प्रसादको नाम मन्त्रीपरिषदमा पठाएका हुन्। 

स्वास्थ्य बिमा ऐन अनुसार पहिलो पटक अध्यक्ष नियुक्त भएको हो।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live