मुख्य समाचार

राप्ती अस्पतालमा दरबन्दी १४ विशेषज्ञ चिकित्सकको, कार्यरत ५ मात्रै


दाङ– दश वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ ।

लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् । अस्पताल रिफर सेन्टर मात्रै बनेको नागरिकले गुनासो गरेका छन् ।

“अस्पताल छ, डाक्टर छैनन्,” स्वास्थ्य उपचार गराउन आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–६ का राधा पाण्डेयले भनिन्, “कर्मचारीले घोराही अस्पताल जान सल्लाह दिएका छन् ।” यहाँ उपचार गराउन आउने अधिकांश बिरामीले यस्तै गुनासो गर्ने गरेका छन् ।

उक्त अस्पतालमा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । हाल यहाँ पाँच चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रुपमा कार्यरत डा भोला श्रेष्ठ डेढ वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहले निमित्तको रुपमा काम गर्दै आएका छन्।

“अस्पतालमा दक्ष जनशक्ति र उपकरणको अभाव छ, आइसीयु सेवा सञ्चालन गर्न सकिएको छैन,” अस्पतालका प्रशासन अधिकृत निमबहादुर केसीले भने। अस्पतालमा हाल कूल ७४ जनाको दरबन्दी रहेपनि ५६ कर्मचारी मात्र कार्यरत छन् । सबैभन्दा बढी समस्यामा सर्पदंशका बिरामी पर्ने गरेका छन् । उनीहरुको उपचार गर्न आवश्यक भेन्टिलेटरको अभाव छ । रिफर गर्दा  कतिको बाटोमै ज्यान जाने गरेको चिकित्सकहरु बताउँछन्।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सिंह पर्याप्त जनशक्ति, उपकरण र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको बताउनुहुन्छ । उनले भने, “एनआइसीयु सञ्चालनका लागि सामग्री आएको छ, दक्ष जनशक्तिका कारण सेवा दिन सकेका छैनौँ ।” रासस

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Dr.shailika shrestha लेख्नुहुन्छ साउन २४, २०७५ बिहिवार ०९:४२:५५
Its the same here in sankhuwasabha as well..darbandi ka koi pani consultant haru chainan yeta..4 jana medical officer ma pani 2 jana matra chan..kahile paar lagne ho yesto awastha bata..

यसमा तपाइको मत




पढ्नै पर्ने