फिचर

नेपालमा मिर्गौला प्रत्यारोपणको १० वर्षः सपना बाँचेको त्यो दिन

मिर्गौला प्रत्यारोपणकी 'नायक' डा दिव्या सिंह शाहको अनुभूति


नेपालमै मिर्गौला प्रत्यारोपण हुन थालेको आज १० वर्ष भएको छ । पहिलोपल्ट ८ अगस्ट २००८ मा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रत्यारोपण गरिएको थियो । उक्त प्रत्यारोपणको नेतृत्व अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंहले गरेकी थिइन् । १० वर्षमा शिक्षण अस्पतालमै ५ सय ६ जनाको सफल मिर्गौला प्रत्यारोण भएको छ, नेपालभरका अस्पताल गरेर १३ सय ।  अर्थात् यति मिर्गौला फेल भएका बिरामीलाई शिक्षण अस्पतालले पुनर्जीवन दिएको छ । एक चिकित्सकका रुपमा सयौंको ज्यान जोगाइसकेकी डा दिव्या सिंह नेतृत्वको टोलीले १० वर्ष पहिले आजकै दिन बिरामीसँगै नेपालमै मिर्गौला प्रत्यारोपण सुरु गर्ने एउटा सपना समेत बँचाएको थियो । त्यो दिनको अनुभूति डा शाहले यसरी सुनाइन्:

मिर्गौला प्रत्यारोपण गर्ने दिन म पूरै थकित अवस्थामा थिएँ । प्रत्यारोपणका लागि लाइसेन्स लिने, प्रत्यारोपण समूहको संयोजन गर्नेदेखि बिरामी तयार पार्ने कुराले थकाएको थियो । बिरामी तयार पार्नका लागि केही दिनदेखि अनिदो रहेर खटेकी थिएँ । एक खालको उत्साहमै यति दिन बितेका थिए।

जब बिरामीलाई तयार पारेर अप्रेशन थिएटरमा पठाएँ । त्यसपछि पो मलाई थाकेको महशुस भयो । बिरामी अप्रेसन थिएटरमा पठाएपछि थकाई सँगै डर लाग्न थाल्यो । पठाउन त पठाएँ, प्रत्यारोपण सफल पो हुन होइन कि ? भन्ने प्रश्न बिझाउन थाल्यो ।

मनमा अनेक कुरा खेल्ने थाले । नयाँ ठाउँ, विभिन्न ठाउँमा छुट्टाछुट्टै सिकेको प्रत्यारोपण समूह आदि कुराहरुले झन् डराए।

चिकित्सककामा रुपमा त्यो दिन हामी एकजना बिरामी मात्रै बचाउनुपर्ने थिएन, हाम्रा सपनाहरु पनि बँचाउनुपथ्र्यो । लामो समयदेखिको नेपालमै प्रत्यारोपण थाल्ने सपना बिरामी बाँचे मात्रै जोगिन्थ्यो।

कुनै कुरामा कमी हुन दिइएको थिएन । प्रत्यारोपण सर्जरीका लागि रोयल मेलनवर्न अस्पतालका सर्जन डा। डेभिड फ्रान्सिस ल्याइएको थियो । उहाँ एकदम अनुभवी हुनुहुन्थ्यो । तरपनि मानवीय त्रुटीहरु नहुने भन्ने हुँदैन । त्यसैले खूब डराएकी थिएँ ।

डरैडरबिच वरपर हेरें । चारैतिर मान्छेको भीड थियो । खाशगरी विभिन्न अस्पतालबाट आउनुभएको चिकित्सकहरु धेरै हुनुहुन्थ्यो । त्यहाँ एउटा व्यक्तिको मिर्गौला प्रत्यारोपण होइन, मेरै परीक्षा लिइरहेको जस्तो लाग्यो ।  मनभित्र झन् ठूलो डरको झोक्का पस्यो ।

हरेक कुराको अपडेट लिइरहेकी थिएँ । सफलतापूर्वक मिर्गौला निकालेको सुन्दा राख्न सकिला कि नसकिएला भन्ने डर । राखिएको कुरा आएपछि सफल भयो कि भएन भनेर डर ! डरैडरको बिचमा सर्जनको कुरा आयो– सवै ठिक तरिकाले भयो  । मन खुशीले ढक्क फुल्याे।

तर, त्यो खुशी पनि धेरै समय टिकेन । किनभने त्यहीँ कसैले भनिरहेको थियो– प्रत्यारोपण त भयो तर ७ दिनसम्म डा दिव्याले जोगाउन सकिन् भने मात्रै सफल भएको मानिनेछ । ओहो, प्रत्यारोपण पछि आउने जटिलता बारे भुलेकी रहिछु जस्तो लाग्यो । तर, पूर्व तयारी भने गरेकी थिएँ । त्यसपछि एउटा काम होइन, आफ्नै परीक्षाका रुपमा लिएर सक्रिय भएँ । एक महिना त म असाध्यै धेरे सक्रिय रहनुप¥यो । यो बिचमा हामीले ८ वटा प्रत्यारोपण गर्‍यौं।

सवैभन्दा ठूलो डर प्रत्यारोपण र त्यसपछि आउने जटिलताको थियो । किनभने त्यसको औषधि नेपालमा थिएन । नेपालमै प्रयोग गर्ने कतिपय उपकरण नहुँदा अन्दाजका भरमा औषधि मिलाउनुपथ्र्यो ।

बिरामीहरु नेपालमै कहिले सुरु होला ? भनेर कुरिरहेका थिए । त्यसैले बिरामी पाउन समस्या भएन ।  बिरामी तयार पार्न पनि निकै सकस थियो । त्यो बेला अहिले जस्तो सवै परीक्षण शिक्षण अस्पतालमै उपलब्ध थिएनन्।

तर, नेपाली चिकित्साको इतिहासमा एउटा सुखद दिन आएरै छाड्यो । नेपालमै मिर्गौला प्रत्यारोपण सुरु भएको १० औं वार्षिकोत्सव मनाइरहेका छौं हामी।

बुढानिलकण्ठ निवासी ३६ वर्षिय एक व्यक्तिको सफल मिर्गौला प्रत्यारोपण भएको थियो। उनलाई श्रीमतिले मिर्गौला दिएकी थिइन्। प्रत्यारोपण सफल भएपछि मृत्युको मुखमा पुगेका ती व्यक्ति र उनको परिवारसहित समग्र चिकित्सा क्षेत्र र सरकारले खुसी मनाएको थियो।

मिर्गौला प्रत्यारोपण सफलपछि जति प्रत्यारोपण गराइएका व्यक्ति र परिवार खुसी भयो। त्यो भन्दा बढी खुसी दम भएँ ।

सोही सफलताका कारण १० वर्षको अवधिमा शिक्षण अस्पतालबाट पाँच सय ६ जनाको सफल मिर्गौला प्रत्यारोपण भइसकेको छ भने नेपालभर १३ सय जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।

अनुमति पाउन १८ महिना
प्रत्यारोपणका लागि तया हुँदा पनि कहिले प्रशासनिक झमेला, कहिले व्यवस्थापकीय समस्या त कहिले राजनीतिक अवरोध आइरह्यो । यहाँसम्मकी प्रत्यारोपणको चार दिनअघिसम्म अस्पताललाई प्रत्यारोपण गर्न सरकारले अनुमित समेत दिएको थिएन । हामीले हरेस खाएनौं । अनुमति नपाए पनि प्रत्यारोपण गरौं भनेर अघि बढ्न समेत खोजियो तर बिरामी बाँच्यो भने ठिकै छ । म¥यो भने डाक्टरको सर्वस्व हरण हुन सक्ने कानूनमा रहेछ।

मिर्गौला प्रत्यारोपणका लागि प्रयास थाल्दा नेपालमा मानव अंग प्रत्यारोपण समिति विघटन भएको दुई वर्ष भइसकेको थियो भने नयाँ गठन भएको थिएन । यसका हामीले खूब धायौं । यही सन्दर्भमा सार्क स्तरीय एक कार्यक्रम आयोजना भइरहेको थियो काठमाडौंमा । जसको साइन्टिफिक सेसनको अध्यक्षता मैले गरिरहेकी थिएँ । प्रमुख अतिथी तत्कालिन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल हुनुहुन्थ्यो । अध्यक्षको हैसियतमा बोल्दा मैले आफू प्रत्यारोपणका लागि तयार हुँदा पनि मन्त्रालयले समिति गठन नगरेको बताएँ । त्यही दिन समिति गठन गर्ने घोषण गर्नुभयो । समति गठन भएको पाँच महिनासम्म पनि लाइसेन्स पाइएन । निकै भइसकेपछि मैले मन्त्रालयमा भनें– बिरामीको धेरै खर्च भइसकेको छ । अब म ब्याक हुन्न । जुलुस ल्याएर मन्त्रालय आउँछु ।
अस्पतालका तत्कालिन निर्देशक डा. महेश खकुरललगायतले काममा खुब सहयोग गर्नुभयो । प्रत्यारोपणका लागि अस्पतालले चार दिनअघि अर्थात् साउनको २० गते बल्ल सरकारका तर्फबाट अनुमती पाएको थियो।

धेरै मानिसहरू नेपालमा यो संभव हुन सक्दैन भन्दै हिँडिरहेका थिए । उनीहरूले मन्त्रीदेखि सचिवसमेतलाई अस्पतालले कुनै पनि हालतमा प्रत्यारोपण गर्न नसक्ने भन्दै सुनाइरहेका थिए  तत्कालिन सचिव डा.निराकारमान श्रेष्ठ हुनुहुन्थ्यो । उहाँले वेलायतमा बस्ने साथीले ‘नेपालमा हुदैन’ भनेको सुनाएको बताउनुभएको थियो । तर डाक्टर नै सचिव भएकोले कन्भिन्स गराउन सजिलो भयो ।  प्रत्यारोपण विषय पढेर आएका डाक्टर छन्, मिर्गौला र पिसावसम्बन्धी विषयमा एक से एक सर्जन शिक्षण अस्पतालसँग छन् भनेपछि सचिवज्यु मान्नु भयो ।

बिरामीका आँशुले दिलाएको अठोट
नेपालमा मिर्गौला प्रत्यारोपण शुरु गर्ने दृढ अठोट बिरामीको आँशुले दिएको हो । प्रत्यारोपण सुरु हुनुपुर्व नेपालमा मिर्गौला रोगीले उपचारका लागि भारत जानुपर्ने अवस्था थियो । नेपालमा त्यतीबेला डाइलाइसिस सेवा मात्र उपलब्ध थियो । डाइलसिसका २÷३ वटा मात्रै मेशिन थिए । मिर्गौला रोगका मुख्य विशेषज्ञको रुपमा डा.पुण्य सत्याल, डा.सुधा खकुरेल, डा.ऋषिकुमार काफ्ले, डा.कनकबहादुर रावत, डा.प्रमोदलगायत चिकित्सक थिए ।

मैले इन्टर्नल मेडिसिन विषयमा एमडी गरेकी थिएँ। उक्त विषय पढेकाले मलाई मिर्गौलासम्बन्धि वायस्पी र डाइलसिस भने राम्रो ज्ञान थियो । सुरुमा कार्डियालोजिष्ट बन्न चाहेकी थिएँ । अस्पतालमा डाइलसिस गराउँन थालें । त्यही क्रममा अस्पतालमा बिरामीको चाप धेरै हुने र सबैले नेपालमा मिर्गौला प्रत्यारोपण नहुँदा समस्या परीरहेको भन्दै आँशु झारीरहेको देखें तिनै बिरामी र बिरामीका परिवारको आँशुले नेपालमा कुनै पनि हालतमा मिर्गौलाको प्रत्यारोपण गराएरै छाड्ने अभियानमा जुट्न प्रेरित गर्यो । र, त्यसका लागि उनले काम अगाडी बढाउन थालें ।

त्यतीबेला नेपालमा मिर्गौला रोगको अवस्था भयावह थियो । उनले आफ्नो सोचाईलाई अगाडी बढाउन अन्तराष्ट्रिय कन्फरेन्सहरूमा भाग लिन थालें । यस क्रममा जापानमा ्रस्तुति दिने अवसर मिल्यो । उनको प्रस्तुति उत्कृष्ठ पाँचभित्र प¥यो । त्यहाँ उनले आत्मबल मात्रै होइन, प्रत्यारोपण सम्बन्धी अध्ययनका लागि इन्टरनेशनल सोसाइइटी अफ नेफ्रोलोजिस्टमा सम्पर्क बढाएँ । २००४ देखि ००७ सम्म अष्ट्रेलियाको मोलस मेडिकल सेन्टरमा आईएसएन फेलोसिप अन्र्तगत ट्रान्सप्लान्ट मेडिसिन विशेषज्ञ कोर्स अध्ययनको अवसर समेत पाएँ  । पढ्न जाने समयमा नै त्यहाँबाट जसरी पनि प्रत्यारोपण गर्न सक्ने भएर फर्किने अठोट लिएर अष्ट्रेलिया गएकी थिउए । उनले त्यहाँ प्रत्यारोपणको ज्ञान मात्रै  होइन, नेपालमा कसरी शुरु गर्न सकिन्छ भन्ने सिस्ष्टम समेत सिक्न गुरुहरुले प्रोत्साहन दिनुभयो ।

अध्ययनका क्रममा अष्ट्रेलियामा प्राध्यापकहरुबाट निकै सहयोग पनि पाइयो । जे सिक्न चाह्यो त्यही अवसर मिलाइदिनुभयो ।  मिर्गौला प्रत्यारोपणलाई पूर्ण सफल पार्न लगाउने विधि, रिजेक्सन रोक्ने आइडिया जस्ता सुक्ष्म तथा महत्वपूर्ण कूरा सिकें । जनरल नेफ्रोलोजि, डाइलाइसिस र मिर्गाैला प्रत्यारोपण सम्बन्धी अध्ययन गरें। अष्ट्रेलियामै रहँदा उनले नेपालमा पहिलो प्रत्यारोपणमा गर्न उतैबाट एकजना अनुभवी चिकित्सकलाई लिएर आउने कुरा प्राध्यापकहरुसँग राखें। रोयल मेलवर्न अस्पतालका ट्रान्सप्लान्ट सर्जन डा. डेभिड फ्रान्सिस  पदयात्राका नेपाली आइरहने सुनियो । उहाँकहाँ गएर प्रत्यारोपण सुरु गरिदिन गरेको अनुरोध स्वीकार्नुभयो ।

अस्पतालको तयारी पछि डा. डेभिड अष्ट्रेलियाबाट नेपाल आउनुभयो । सन् २००८ अगस्टको दोस्रो साताको बुधबार नै प्रत्यारोपण गर्ने भनेर तय गरिएको थियो । तर, डा. मलाई प्रत्यारोपण हुनुभन्दा अगाडी मनमा डर लाग्यो कतै प्रत्यारोपण सफल भएन भने। त्यसपछि उनले गोप्य रुपमा प्रत्यारोपण गर्ने दिन ज्योतिषलाई हेराएँ् । ज्योतिषले अगष्ट ८ अर्थात नेपाली मिति अनुसार साउन २४ गते शुक्रबारको दिन उत्तम हुन्छ भनेपछि दिन तोकियो । तयारी सबै अगाडी बढ्यो । तर, किड्नी राख्नका लागि भारतबाट प्रिजरभेटिभ फ्रुट्स मगाउनुपर्ने थियो । ल्याउने प्रतिवद्धता गरेको मान्छेले हरिद्वारमा अड्कियो भन्दै धोका दियो । त्यसपछि मैले आर्किटेक्ट श्रीमान्  विरेश शाहको सहयोग लिएर एकजना एयरलाइन्सको कर्मचारीको मद्दतले उक्त फ्रुट्स मगाएँ।

त्यसपछि प्रत्यारोपणको दिन शुक्रबार आयो । डा. शाह अघिल्ला दिनसम्म प्रत्यारोपण सफल हुनेमा विश्वस्त थिएँ । तर शल्यक्रियाको केही घण्टाअगाडीदेखि भने उनी डराउन थालिन्। प्रत्यारोपणको शल्यक्रियाको नेतृत्व डा. डेबिडले निलुभएको थियो । शिक्षण अस्पतालका सर्जनहरु डा. बि आर जोसिको टोलीले सहयोग गरिरहेको थियो । म नेफ्रोलोजिका तर्फवाट टिम लिडर, ट्रान्सप्लान्टको प्रमुख कार्यक्रम कोअर्डिनेटर थिएँ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने