काठमाडौं- सन् २०१८ को रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षा उतीर्ण गरी उत्पादनमूलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ।
मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको भाषा परीक्षा निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।
गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा ७ हजार ९९६ जना उतीर्ण भएका थिए।