पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अहिले केन्द्र सरकारको मातहतमा छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अस्पताल प्रदेशको जिम्मामा दिन केन्द्र सरकारसँग आग्रह गरेको छ।
अस्पतालको व्यवस्थापन र त्यहाँ उत्पन्न समस्याको यथासिघ्र समाधान गर्न प्रदेश सरकार सक्षम भएकाले केन्द्र सरकारसँग अस्पताल आफ्नो मातहतमा दिन आग्रह गरेको प्रवक्ता बस्नेतले जानकारी दिए।
प्रवक्ता बस्नेतले स्रोतसाधन सहित अस्पताल प्रदेश सरकारलाई दिन अनुरोध गर्ने निर्णय र केही समय आर्थिक हिसाबले व्यवस्थापनसमेत गर्न आग्रह गरेको प्रष्ट पारे।