काठमाडौं– राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान(न्याम्स)को उपकुलपतिमा नेपाल स्वास्थ सेवा अन्तर्गतकै चिकित्सकलार्इ नियुक्त गर्न सरकारी चिकित्सक संघ (गोदान)ले ध्यानाकर्षण गराएको छ। गोदानका पदाधिकारीले बिहीबार स्वास्थ्य मन्त्री उपेन्द्र यादवलार्इ भेटेर मन्त्रालयको ध्यानाकर्षण गराएको हुन्।
स्वास्थ्य सेवा बाहिरबाट उपकुलपति बनाइन सक्ने हल्ला चलिरहेका बेला गोदानले नेपाल स्वास्थ्य सेवामा काम नै नगरेका र नजिकबाट अनुभव बटुल्न नसकेका चिकित्सकलाई उपकुलपतिमा सिफारिस गर्नु गैर-न्यायोचित र गैर-वैज्ञानिक हुने ठहर गरेको छ।
विगतमा समेत यस्तो अभ्यास गर्न खोज्दा असफल भएको दृष्टान्त रहेकाले स्वास्थ्य सेवाका चिकित्सकलाई प्रोत्साहित गर्ने तथा समग्र नेपाल स्वास्थ सेवाका विशिष्टता र कमजोरी सबै बुझेका चिकित्सकले मात्र उपकुलपति पदको मर्यादा कायम राख्न सक्ने अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताएका छन् ।
न्याम्सका उपकुलपति डा गणेश गुरुङको कार्यअवधि सकिएपछि स्वास्थ्य मन्त्रालयले नयाँ नियुक्तिको तयारी गरिरहेको छ । उपकुलपतिका अाकांक्षीले लबिइङ बढाएका छन्।