मुख्य समाचार

यस्तो हुने छ प्रदेश स्वास्थ्य निर्देशनालयको संरचना र दरवन्दी (१ सय ९ वटा कार्यविवरण सहित)


काठमाडौं– सरकारले सातवटै प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने प्रदेश स्वास्थ्य निर्देशनालयको नयाँ संरचना पारित गरेको छ। स्वास्थ्यको नयाँ संरचना अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय हुनेछ।

निर्देशनालयमा स्वास्थ्यका ११ औं तहका कर्मचारी प्रमुख हुनेछन्। निर्देशनालयमा प्रमुखसहित ३७ जना कर्मचारीको दरवन्दी हुनेछ। निर्देशनालयमा ९ वटा शाखा रहनेछ।

सरकारले पारित गरेको संरचना अनुसार निर्देशनालयमा नीति, योजना तथा कार्यक्रम समन्वय, चिकित्सा सेवा तथा रोग नियन्त्रण, खरिद तथा आपूर्ति व्यवस्थापन, प्रशासन, अनुगमन, मुल्यांकन तथा नियमन, स्वास्थ्य सुचना तथा जनसंख्या व्यवस्थापन, आयुर्वेद तथा वैकल्पिक चिकित्सा, स्वास्थ्य प्रर्वद्धन तथा तालिम र नर्सिङ सेवा व्यवस्थापन शाखा रहने छन्।

निर्देशनालयलाई एक सय ९ वटा कार्यविवरण समेत तोकिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश निर्देशनालयमा कर्मचारी पठाइसकेको छ। प्रदेश ३ मा पठाइएका महेन्द्र श्रेष्ठ भने हालसम्म गएका छैनन्। अन्य निर्देशनालयमा भने कर्मचारी हाजिर भइसकेका छन्।

यस्तो छ संगठन संरचना र दरवन्दी 

यस्तो छ कार्यविवरण


 

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

लक्ष्मण रिमाल लेख्नुहुन्छ साउन २५, २०७५ शुक्रवार ११:३२:०७
दुखद् कुरा स्वास्थ्यको महत्वपूर्ण पाटो हेर्न निकाय बायोमेडिकल इन्जिनियरिङ को दरबन्दीमा ध्यान गयन बिज्ञहरुको जाओस नि कसरी त्यहि उपकरण बायोमेडिकल ले बनाउदा फाईदा हुदैन तर नया खरिद गर्दा गोजि भरि पैसा आउछ यता पनि ध्यान जाओस

यसमा तपाइको मत




पढ्नै पर्ने