काठमाडाैँ-साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वस्थ्य अवस्थामा समस्या आएको छ।
मस्तिष्कघात भएपछि उनलाई अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएकाे थियाे। दाहालको अहिले स्वास्थ्य अवस्था स्थिर रहेको छ।
६५ वर्षीय दाहालको दुई दशकअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो तर त्यसले काम नगरेपछि उनी २०६८ देखि डायलाइसिस गराउँदै आइरहेका छन्।
उनका भाइ पुष्पनिधि दाहालले चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न सुझाएकाे बताए े। उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने भएको छ।