काठमाडौं- देशका विभिन्न तहमा कार्यरत रहेका खोप अधिकृतहरुले संघीय संरचनामा अन्तर्गत हुन गइरहेको जनशक्ति व्यस्थापनमा सुधारका लागि माग गरेका छन्।
उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई यसबारे ज्ञापन पत्र बुझाएका छन्।
खोप कर्मचारीहरुको दरबन्दी कटौटी, खोप सुपरभाईजरको दरबन्दी र कार्य जिम्मेवारी कुनै तहमा सुनिश्चित नभएको, जनशक्ति व्यवस्थापनमा खोप कोल्डचेन व्यवस्थापन गर्ने संरचनागत युनिट अत्यन्त सानो बनाइएको, हालको संरचनामा सातौँ तहका कर्मचारीहरुको दरबन्दी त परै जाओस् कहिँ कतै शब्दमा समेत उल्लेख नभएको भन्दै आपत्ति जनाएका छन्।
उनीहरुले हालको संरचना र जनशक्ति व्यस्थापनमा भएको सातौँ तथा आठौँ तह(जनस्वास्थ्य अधिकृत) को व्यवस्थाको ठाउँमा सोही तहको इन्सपेक्सन समुहको व्यवस्था गरी सातौँ तहका स्तरवृद्धि भएका खोप अधिकृत, प.नि.अधिकृत, क्षयकुष्ठ अधिकृत, भे.क.सु अधिकृतहरु समेतालाई समायोजन र पदस्थापना गरी कार्य जिम्मेवारी दिइनुपर्ने बताएका छन्।
त्यसैगरी कर्मचारी व्यवस्थापन गर्दा पनि सेवाको विशिष्टता, प्राविधिक पक्षको आधार र सेवा सञ्चालनमा सहज बनाउन प्रत्येक सेवाका कम्तिमा १–१ जना सम्बन्धित सुपरभाइजरको दरबन्दी सुनिश्चि गर्नुपर्नेमा ध्यानाकर्षण उनीहरुले गराएका छन्।
हेरौं ज्ञापनपत्र