काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति पदमा नियुक्तीका लागि दरखास्त अाह्वान गर्ने निर्णय भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले १५ दिनभित्र दरखास्त माग गर्ने निर्णय गरेको हो।
समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा सदस्य छन्। समितिले प्रतिष्ठान एेन र मन्त्रालय सम्बद्ध निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड अनुसार योग्यता प्राप्त इच्छुकसँग निवेदन माग गर्ने निर्णय गरेको हो।
उपकुलपति हुन न्युनतम ३ वटा योग्यता तोकिएको छ।
यो सँगै न्याम्सको निमित्त उपकुलपतिको जिम्मा डा सुबोध अधिकारीलार्इ दिइएको छ। नयाँ उपकुलपित छनोट नभएसम्मका लागि अधिकारीलार्इ निमित्तको जिम्मेवारी दिइएको हो।
न्याम्सको उपकुलपति डा गणेश गुरुङको पदावधि सोमबारबाट सकिएको छ। उपकुलपतिसँगै अाज शुक्रबारदेखि न्याम्सका अन्य पदाधिकरीको समयावधि पनि सकिँदैछ।