काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीच शनिबार छलफल हुने भएको छ। प्रधानमन्त्री ओलीले डा केसीलाई सरकासँग भएका सहमति र स्वास्थ्य क्षेत्रका विषयमा छलफलका लागि बोलाएका हुन्।
छलफल शनिबार बिहान ११ बजे बालुवाटारमा हुने डा अभिषेक सिंहले जानकारी दिए। सरकारले डा केसीसँग १० साउनमा ९ बुँदे सहमति गरेको थियो। उक्त सहमति अनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता भएका छन्। सहमतिका अन्य बुँदाहरु भने अझैसम्म कार्यान्वयनमा आइसकेको छैन।
सहमति कार्यान्वयनका विषयमा सरकारले तिव्रता नदिएको भन्दै डा केसीले मंगलबार पत्रकार सम्मेलन गरेका थिए। उनले सहमतिका सबै बुँदा छिट्टै कार्यान्वयनमा आउने विश्वास रहेको समेत बताएका थिए।
डा केसी यो पटक २७ दिन लामो अनसन बसेका थिए। डा केसीको यो १५ औं अनसत हो। यो अनसन सबैभन्दा लामो बन्न पुग्यो। अनसन तोड्ने कार्यक्रममा नेकपाका नेता सुवास नेम्वाङले अब डा केसीले अनसन बस्न नपर्ने बताएका थिए।
यस्तो छ सरकार र डा केसीबीचको ९ बुँदे सहमति