काठमाडौं– संघीय संरचना अनुसार आगामि असोजदेखि देशका सबै जिल्लामा रहेका जन/स्वास्थ्य कार्यालयहरु खारेज हुने भएका छन्। तर, प्रदेश माताहत रहनेगरी देशका ७७ वटै जिल्लालाई हेर्ने गरी ३५ जिल्लामा नयाँ स्वास्थ्य कार्यालय भने सञ्चालनमा आउने भएको छ।
सरकारले ३५ वटा जिल्लामा रहने स्वास्थ्य कार्यालयको नयाँ संगठन संरचना र दरवन्दी पारित गरिसकेको छ। कार्यालयलाई १५ वटा कार्यविवरण तोकिएको छ।
प्रदेशमा रहने सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय माताहत ती जिल्ला कार्यालयहरु रहने छन्।
सरकारले सातवटै प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने प्रदेश स्वास्थ्य निर्देशनालयको नयाँ संरचना यसअघि नै पारित गरिसकेको छ। निर्देशनालयमा स्वास्थ्यका ११ औं तहका कर्मचारी प्रमुख हुनेछन्। निर्देशनालयमा प्रमुखसहित ३७ जना कर्मचारीको दरवन्दी हुनेछ। निर्देशनालयमा ९ वटा शाखा रहनेछ।
जिल्ला स्वास्थ्यको नयाँ संरचना मन्त्रीपरिषद्बाट पारित भएसँगै हाल ७७ जिल्लामा रहेका जिल्ला जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरु खरेज हुने पक्का भएको छ। सरकारले यसअघि नै चैतमा यी कार्यालय खारेज गर्ने तयारी गरेको थियो। तर, खोप, निशुल्क औषधि लगायतका स्वास्थ्यका कार्यक्रममा समस्या आउने भएपछि पहिला असार सम्म र त्यसपछि पुन असोजसम्म समय थपिएको थियो।
तीन किसिमका जिल्ला स्वास्थ्य कार्यालय
नयाँ संरचना अनुसार जिल्ला स्वास्थ्य कार्यालयहरुलाई तीन भागमा विभाजन गरिएको छ। पहिलो भागमा १४ जना दरवन्दी भएको कार्यालय रहेको छ। यस्तै ११ जना दरवन्दी भएको दोस्रो भागमा र ८ जना दरवन्दी भएको कार्यालयहरु तेस्रो भागमा छन्।
१४ जनाको दरवन्दी भएको कार्यालय सात वटै प्रदेशमा गरी १२ जिल्लामा रहने छ। ११ जना दरवन्दी रहेको कार्यालय १८ जिल्लामा र ८ जना दरवन्दी भएका कार्यालय ५ जिल्लामा रहने छन्।
कुन प्रदेशमा कति कार्यालय ?
प्रदेश १ मा ६ वटा कार्यालय
पाँचथर, मोरङ, तेह्रथुम, उदयपुर, ओखलढुंगा, धनकुटा
प्रदेश २ मा ३ वटा कार्यालय
धनुषा, बारा, सप्तरी
प्रदेश ३ मा ५ वटा कार्यालय
रामेछाप, नुवाकोट, काठमाडौं, चितवन, काभ्रे
गण्डकी प्रदेशमा ५ वटा कार्यालय
कास्की, बाग्लुङ, लमजुङ, गोरखा, मुस्ताङ
प्रदेश ५ मा ६ वटा कार्यालय
दाङ, बाँके, रुपन्देही, प्युठान, पाल्पा, रुकुम पूर्व
कर्णाली प्रदेशमा ६ वटा कार्यालय
सुर्खेत, सल्यान, जुम्ला, मुगु, हुम्ला, डोल्पा
प्रदेश ७ मा ४ वटा कार्यालय
डडेलधुरा, अछाम, बैतडी, कैलाली
यस्तो छ कार्यविवरण :
यस्तो छ संगठन संरचना र दरवन्दी :