काठमाडौं– अन्तर्राष्ट्रिययुवा दिवसका अवसरमा युनाइटेड नेसन युथ एन्ड स्टुडेन्ट एशोसियसन (युनिसान) नेपालले विभिन्न क्षेत्रमा सक्रिय पाँच युवालाई ‘योङ चेन्जमेकर–२०१८ अवार्ड’बाट सम्मानित गरेको छ।
पत्रकारिताबाट ‘योङ चेन्जमेकर–२०१८’ अवार्ड स्वास्थ्य खबरका समाचार सम्पादक डिबी खड्काले प्राप्त गरेका छन् । पत्रकारिताका माध्यमबाट स्वास्थ्य, समाज र युवाका विषयलाई उजागर गरेको भन्दै उनलाई अवार्ड प्रदान गरिएको हो।
उद्यमीबाट अल्लाको धागोबाट कपडा बनाउने कर्ममा सक्रिय माला थापामगर अवार्डेड भएकी छिन् । समलिंगी र तेस्रोलिंगीका अधिकारका लागि लडिरहेकी रुक्सना कपालीलाई मानवअधिकारका क्षेत्रमा पुर्याएको योगदान बाफत अवार्डेड गरिएका छ।
नाट्य र फिल्म क्षेत्रमा युवाको भूमिकालाई बलियो रुपमा प्रस्तुत गरेबाफत् कलाकार विजय बरालले अवार्ड पाएका छन् । यसैगरी सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तनका लागि भूमिका खेलेकोमा डा प्रकाश बञ्जाडे सम्मानित भएका छन्।
काठमाडौं आयोजित एक कार्यक्रममा प्रतिनीधि सभामा प्रत्यक्ष निर्वाचित युवा सांसद हेमकुमार राई र युनाइटेड नेसन इन्फरमेसन सेन्टर नेपाल प्रमुख रामबाबु शाहले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए।
सोही अवसरमा युनिसानले मदन राईको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।