काठमाडौं- सरकारले ओखलढुंगा सामुदायिक अस्पतालमा ३ वर्षे 4 विषय सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)को सोमबार बसेको बैठकले ओखलढुंगा सामुदायिक अस्पतालमा ३ वर्षे 4 विषय सञ्चालन गर्न आवश्यक पूर्वाधार निरीक्षण गर्न कार्यदल पनि गठन गरेको छ।
कार्यदलले निरीक्षण गरेर सकारात्मक प्रतिवेदन दिएको अवस्थामा सो अस्पतालमा ३ वर्षे डिप्लोमा 4 विषय सञ्चालन हुने पनि सदस्य सचिव पुष्परमण वाग्लेले बताए।
सिटिइभिटीले २ वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने प्रधानमन्त्री केपी ओलीको घोषणा अनुसार तयारीको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारेको छ। सदस्य सचिव वाग्लेले सबै प्रदेशमा आवश्यकताअनुसार प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीको कामलाई पनि अघि बढाइएको जानकारी दिए।