डक्टर्स आर्टिकल

दम्पतीबीच चर्को विवाद हुने र बढी रिसाउने  ‘हाइपोमेनिया’ रोग के हो ?

 प्राडा सिपी सेढाईं

हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ। यस्ता मानिस बढी बोलिरहनुपर्ने हुन्छ। आफ्ना कुरामा जिद्दी गर्ने र भनेको नमान्ने, अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैं चञ्चल रहने हुन्छ। यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो हुन्छ। 

हाइपोमेनिया रोग लाग्दा श्रीमान्–श्रीमतीबीच चर्को विवाद भएको पाइन्छ। यतिसम्म कि यसकै कारण बारम्बार कुटपिट भइरहने र उनीहरू छुट्टाछुट्टै बस्न पुगेका उदाहरण पनि छन्।

सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहा नै हुँदैन। बिस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुँदै जानाले पछि मात्र यो रोग लागेको थाहा पाउन सकिन्छ। सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिँदैन। 

यस्ता बिरामी एउटै कुरामा स्थिर रहँदैनन्। एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छन्। आनन्दी कुरामा दिन बिताउँछन्। म राजा बन्छु, म प्रधानमन्त्री बन्छु, म नेता बन्छु जस्ता अपत्यारिला कुरा गर्छन्।

डा सिपी सेढाईं

पैसा बाँड्ने, कुरा बढाइचढाइ बोल्ने, राति थोरै समयमात्र सुत्ने, गीत गाउने, रातो–पहेँलो रंगीन लुगा लगाउन रुचाउने लक्षण उनीहहरूमा देखिन्छ। यो रोग पटकपटक दोहोरिने भएकाले राम्रो विचार पुर्‍याउन जरुरी छ। रोग लागेर यस्तो भएको कुरा सुुरुमा थाहा पाइँदैन, जसबाट बिरामी वा परिवारमा अनेकौं घटना हुन सक्छन्। मेनिया भनेको हाइपोमेनियाभन्दा कडा अवस्था हुने रोग हो। 

बिरामीका केही उदाहरण
—    कल्पना २५ वर्षकी महिला हुन्। विवाह भएको दुई वर्ष भयो। अहिले उनी श्रीमान् तथा परिवारसँंग छिन्। तर उनमा छिट्टै रिसाउने,  जिद्दी र  तर्क गर्ने, एउटा काममा स्थिर नरहने समस्या छ। यसका कारण श्रीमान् तथा परिवारका अन्य सदस्यसँग उनको भनाभन भइरहन्छ। उनी कहिले रिस खप्न नसकेर रुन्छिन् त कहिले अरूलाई अपशब्द बोल्छिन्। परिवारको सदस्यसँग उनको सम्बन्ध टाढिँदै गएको छ। कहिलेकाहीँ उनी ठूलाठूला कुरा गर्छिन्। उनमा राति निद्रा पनि राम्रो पर्दैन। श्रीमान्सँग दिनहुँ कलह भइरहन्छ। उनी बढी फुर्तिलो देखिन्छिन् तर यो रोग लागेको हो भनेर चिन्न कठिन छ। अस्पताल ल्याएपछि मात्र थाहा भयो, उनलाई त हाइपोमेनिया रोग लागेको रहेछ। 

—    रमा १६ वर्षकी किशोरी हुन्। ९ कक्षामा पढ्ने उनी १० दिनयता फरक देखिएकी छिन्। आजकाल उनी बढी बोलिरहन्छिन्। छिट्टै रिसाउँछिन्। सिँगारपटार खुब गर्छिन। भन्छिन्, ‘म तीन दिनभित्र प्रधानमन्त्री बन्नेछु।’ आफूलाई फुर्तिलो, सिपालु, जोसिलो र राम्री ठान्छिन् उनी। उनमा तडकभडक निकै छ। विवाह गर्ने कुरा पटकपटक गर्छिन्। एउटा काम नसक्दै अर्को सुरु गर्छिन्। उनले भनेको नमानेमा पिट्छिन्। राति दुई–तीन घन्टा सुतेपछि उठ्छिन र रेडियो, टिभी खोलेर अरूलाई डिस्टर्ब गर्छिन्। उनी मिठो खानेकुरा र पैसा मागिरहन्छिन्। अनि आफू धनी भएको फुर्ति उडाउँछिन्। उनको लक्षण समयमा थाहा भएन तर यो बढ्दै गएपछि अस्पताल भर्ना गरियो। हाल उनको उपचार भइरहेको छ। 

हाइपोमेनिया रोगका लक्षण
कहिलेकाही“ यस्ता बिरामीले गरेको अनौठो व्यवहार पत्रपत्रिकामा पनि पढ्न पाइन्छ। तर यो रोग लागेर त्यस्तो भएको भन्नेचाहिँ थाहा हु“दैन। यस्ता बिरामीमध्ये करिब आधाजसो बिरामीमा व्यक्तित्वको समस्या ९एभचकयलबष्तिथ म्ष्कयचमभच० पनि भएको हुन्छ। अस्पताल लगेर बिरामीको परीक्षण गरेपछि मात्र रोगको कारणले यस्तो भएको रहेछ भनेर थाहा हुन्छ।
- घमण्डी बन्ने, बढी फुर्ती लगाई कुरा गर्ने।
- आफूलाई बिरामी भन्न रुचाउँदैनन्।
- धेरै खुसी हुने तर भनेको नमाने झनक्क रिसाउने, पिट्ने।
- बढी आशावादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने।
- मिठो खानेकुरा माग गर्ने, राम्रोराम्रो रंगीन लुगा लगाउने।
- बढी पैसा माग्ने वा खर्च गर्ने।
- पटकपटक ऐना हेरिरहने।
- दुई–तीन घन्टा सुते पनि निद्रा पुग्ने।
- यौनमा बढी रुचि हुने।
- एउटा काम सुुरु गर्न नपाउँदै अर्को थाल्ने वा छटपट हुने।
- वर्षौंसम्म रक्सी पिउने, घरपरिवारस“ग झगडा गर्ने, परपुरुषस“ग शारीरिक सम्पर्क गर्ने र घरै छाडेर हिँड्ने।


उपचार
- रोगको शंका लागेपछि बिरामीलाई रिस उठ्ने किसिमको व्यवहार नगनर्ने अस्पताल लगी सम्बन्धित विशेषज्ञको सरसल्लाह लिई उपचार गर्ने।
- यो रोग एकपटक सुरु भएपछि अर्कोपटक दोहोरिने समस्या ७०–८० प्रतिशत रहन्छ। त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ। अर्कोपटक दोहोरिँदा कहिले पहिलेकै लक्षण देखिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसनको लक्षण (दिक्क हुने, रुने मर्छु भन्ने, राति निदाउन गाहो हुने) देखिन्छ। 
- हाइपोमेनिया रोग बढ्दा बिरामीले औषधि लिन मान्दैनन्। त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ ।

(डा सेढाईं चितवन मेडिकल कलेजका नसा तथा मनोरोग विशेषज्ञ हुन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

samjhana Shakya लेख्नुहुन्छ साउन ३१, २०७५ शुक्रवार ००:४४:५५
बिसय राम्रो तर पेस गरेको तरिका लैंगिक विभेदपूर्ण भयो। ==================== लेखकले उठान गर्नु भएको बिषय राम्रो छ। तर तपाइको लेख मेरो द्रिस्तिमा लैंगिक विभेद भएको जस्तो लाग्यो। तपाइले प्रयोग गर्नु भएको चित्र र दुइ महिलाहरुको उदाहरणहरु पढ्दा खेरि यो हाइपोमेनिया भन्ने समस्या महिलाहरुको समस्या मात्र हो कि भन्ने भान पाठकलाई पर्न सक्छ। यदि यो महिलाको मात्र समस्या हो भने त्यो तर्कलाइ तथ्यांकले पुस्टि गर्दा राम्रो देखिन्छ। सर्जक तथा लेखकहरुले काम गर्दा आफ्नो लक्षित समूह र उनीहरुको सामाजिक यथार्थलाई पनि याद गर्नु पर्छ। मेरो बिचारमा तपाइले जुन महिला पात्रलाई इंगित गरेर " रिसाउने , जिद्दी गर्ने , तर्क गर्ने, सिंगार पटार गर्ने " जस्ता सब्दहरु प्रयोग गर्नु भयको छ , त्यो सब्दहरुले महिलाको हक हित बिरोधि छ। नेपाली समाजमा महिलाहरुलाई त्यसै पनि आफ्नो तर्क राख्न नदिने , महिलाले लाएको खाएको कुरामा नकारात्मक टिप्पणी गर्ने, महिलाले आफ्नो कुरामा अडान लिई भने जिद्दी गरि भनेर भन्ने चलन छ, जुन कुरा साइकोलोजिकल अब्युज तथा कन्ट्रोलको एउटा पाटो हो। तपाइको लेख पढे पछि धेरै मानिसहरुले महिलाहरुलाई सजिलै " एह तलाई त हाइपो म्यनिक भो , तर्क गर्छेस , नक्कल पार्छेस आदि इत्यादी भन्न सक्छ। सयाद पितृ सत्तालाई बढावा दिने बर्गमा पर्नु हुन्छ भने मेरो कमेन्ट पनि " हाइपोम्यनियक " लाग्न सक्छ। तर तपाइलाइ मेरो कमेन्ट " हाइपोम्यनियक " लाग्छ भने मलाइ पनि तपाइको लेख कता कता " मेल चौवेनिस्तिक " लागेको छ। मेरो कमेन्टको अर्थ तपाइको लेखको बिरोध गर्नु वा तपाइलाइ लेख्न निरुत्साहित गर्नु पक्कै पनि हैन। तर कलम चलाउने मानिसहरु संबेदनशील हुनुपर्छ, बिशेस गरि अल्पसंख्यक र पिछडिएका जाति लिङ्ग धर्मका मामलामा निकै संबेदनशील र सतर्क हुनु पर्दछ। जब जब महिलाहरु आफ्नो आधारभूत मानब अधिकारको उपयोग गर्छन तब तब मानब अधिकार बिरोधि तत्वोहरु सल्बलाउदा रहेछन विभिन्न तौर तरिकामा। यस्तो कुरा सम्झिदा मलाइ लाग्छ त्यसैले नै नेपालि महिलाहरुको बिकास र समृद्धि द्रुतगतिमा हुन् सकेको छैन। महिलाहरुको मामलामा नेपाली समाज कतिको संकुचित छ भन्ने कुरा पनि फेसबुकमा नै देख्न पाइन्छ, बिसेसगरि फेस्बुकमा पस्किने महिला बिरोधि साहित्यिक कुराहरुमा। हुदा हुदा अहिले स्वास्थ्य जस्तो अति सम्बेन्शील बिसयमा समेत महिला प्रति असम्बेदंशील भएर चित्र तथा उदाहरण हरु पेश गरेको पाइयो। सायद तपाइलाइ पनि याद छ होला अस्ति भर्खर यो सुन काण्ड चरम चुलीमा पुगिरहेको बेला एक हास्य कविले यो सुनकाण्ड जम्मै चाही महिलाले सुन लगाएकै कारण भएको हो भन्ने सारमा एउटा कबिता भात्यायेका थिए र त्यो कबिता भाइरल पनि भाको थियो महिला र पुरुष दुबैको वालहरुमा। त्यस बाहेक हास्यात्मक रुपमा कबिता र जोकहरुमा महिला मैला भय भन्ने , खान लाउन पुगेकै थियो तर श्रीमती माइती गय भन्ने , साडीले बर्बाद पार्यो भन्ने यस्ता यस्ता सब्दहरु मैले पछिल्लो समयमा याद गर्न थालेको छु। बास्तबमा कला , संस्कृति , साहित्य नै मानब सभ्यताका परिचायकहरु हुन्। प्रतक्ष वा अप्रतक्ष रुपमा मान्छेले के सोच्छ भन्ने कुरा यी विधाहरुमा झल्किन्छ। मलाइ लाग्छ साहित्यकारहरु , कविहरु , लेखकहरु , गीतकारहरु सबै भन्दा कमलो हृदयभएका मानिशहरु हुनु पर्ने हो , तर कसरि उनीहरुले नेपालमा छोरी र महिला हरुमाथि हुने हिन्शालाई महसुस गर्न सक्दैनन् होला र उनीहरुको कलम महिलाको बिरुद्ध मा चल्छ होला ? के ति कलमहरु बेइमान कलमहरु हुन् ? मेरो बिचारमा कला र साहित्यले मानब सभ्यतालाई उचाई दिने काम गर्नु पर्छ। हरेक कलम चलाउने मान्छेको लागि त्यो जिम्मेवारी पनि हो। बोलेको कुरा बिर्सिन सक्छ तर लेखेको कुरा हतपत सकिदैन , अनि दिमागमा पनि बसी राख्छ। त्यसकारणले जोक हेरेर हाहा गरेर हास्नु भन्दा पहिला , वा वा भन्दै लाइक ठोक्नु भन्दा पहिला , र त्यस्ता सामग्री शेयेर गर्नु भन्दा पहिला लेखक को कलम कति इमान्दार छ त्यो जाच्नु जरुरि हुन्छ। साहित्यलाई सस्तो मनोरंजन भन्दा माथि पुराउने कोसिस र जिम्मेबारी लेखक र पाठक दुबैको हो। एक इमान्दार पाठक , सम्झना शाक्य
paras लेख्नुहुन्छ साउन ३१, २०७५ बिहिवार २१:०८:०७
maro Gharma pani a bimarxa asko Ausadi k ho? Paras Saud Rajkot Guj. India
Hari chapagain लेख्नुहुन्छ साउन ३१, २०७५ बिहिवार ०८:५०:२३
Ma Paro Tara malaipani yo to lageko jasto lageko xa asma kun Dr saga sampark garni kun haspitalma Asta bisesagya xan jankari diyeko rahenaxa to paymaster mero Pani check jach Hana huntho asaxa mail ma paunexu bhanne dhanyabad

यसमा तपाइको मत




पढ्नै पर्ने