अन्तर्वार्ता

निजी अस्पतालले नर्सलाई सरकारी सरह तलब दिनुपर्छ : रोशनी लक्ष्मी

नेपालमा 4 रोजिएको, रुचाइएको र खोजिएको विषय हो। एसइईपछि प्रायः किशोरी 4प्रति आकर्षित हुने गरेका छन्। तर धेरै जना कस्तो कलेज छान्ने, यसको स्कोप र भविष्य के हो ? भनेर अन्योलमा हुन्छन्। 4 पढाइमा आकर्षण बढिरहे पनि अवसर त्यो अनुसार बढेको देखिँदैन। नेपालमा 4को वर्तमान अवस्था, अवसर नबढ्नुका कारण र नर्स बन्न चाहनेले पु¥याउनुपर्ने ध्यान लगायतका विषयमा 4 तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रोशनी लक्ष्मी तुइतुईसँग बुनु थारुले गरेको कुराकानी :

4 कस्तो विषय हो ?
4 एक बहुआयामिक पेसा हो, जुन सेवा बच्चा जन्मेदेखि मानिस नमरुन्जेल चाहिन्छ । यसले विविध फ्याक्टरमा रहेर काम गरिरहेको हुन्छ । 4 प्रत्यक्ष सामाजिक सेवा पनि हो । सेवा गरेबापत केही पैसा नर्सले पाउँछन् । अर्को दृष्टिले 4 ८० प्रतिशत व्यावहारिक विषय हो भने २० प्रतिशत विषयगत विषय । यसअघि नर्स भन्नेबित्तिकै महिला मात्रै र महिलाका लागि मात्रै भनेर बुझिन्थ्यो तर यो वर्षदेखि १५ प्रतिशत पुरुष पनि 4 पढ्न पाउने भएका छन् ।

तपाईंको पालामा 4 पढ्न कत्तिको सजिलो वा गाह्रो थियो ?
मैले २०४७ सालमा एसएलसी दिएकी हुँ । त्यतिबेला मेरी आमा निकै बिरामी हुनुहुन्थ्यो । एसएलसी रिजल्टलाई निकै ठूलो रूपमा लिइन्थ्यो । एसएलसी सिद्धिएपछि 4 क्षेत्रमा जान पाइन्छ भनेर मलाई केही थाहा थिएन । सुरुमा के पढ्ने भनेर म अन्योलमा थिएँ । मेरो फस्र्ट डिभिजन थोरै मात्रले पुगेन । मैले भक्तपुर बहुमुखी क्याम्पसमा आइएससीका लागि इन्ट्रान्स दिएँ र एक नम्बरमै नाम निस्क्यो । त्यतिबेला भक्तपुर नगरपालिकाले एक जना स्वास्थ्य कार्यकर्तालाई तालिम दिने सूचना निकाल्यो । प्रत्येक वडाबाट एकएक महिला र पुरुषलाई तालिम दिने थियो ।प्रत्येक घरमा गएर मानिसहरूलाई प्रिभेन्टिभ र प्रोमोटिभ सेवा दिनुपर्ने । एक वर्ष मैले भक्तपुरको ७ नम्बर वडामा काम गरेँ । त्यसको एकदमै राम्रो प्रभाव पर्‍यो । त्यहाँ पहिला जहिल्यै हैजाको महामारी हुन्थ्यो, कुपोषण थियो । परिवार नियोजनको साधन प्रयोगनगर्ने समस्या थियो । प्रत्येक वार्डमा एक पुरुष र एक महिला खटिँदा मात्रै हैजा, कुपोषण, महिला तथा बच्चाको स्वास्थ्यमा सुधार आउन सक्छ भने म पनि स्वास्थ्यमा आउने हो भने पहिला परिवारलाई त्यसपछि मेरो क्षेत्रलाई राम्रो गर्न सक्छु भन्ने लाग्यो । त्यसपछि ममा स्वास्थ्य क्षेत्रमै जान्छु भन्ने सोच पलाएको हो। घर नजिकै बस्ने निभा दिदीको सहयोगमा म नेपालगन्जमा 4 पढ्न गएँ । किनकि काठमाडौंमै 4 पढ्न पाइन्छ भनेर पनि थाहा थिएन । २०५० सालमा म पढ्न गएँ । 4 पढेपछि अरू फिल्डमा जान पाइन्छ भनेर पनि मलाई थाहा थिएन । नेपालगन्जमा जापानिज इन्सेफ्लाइटिसको महामारी थियो । त्यहाँ हामी डाक्टरभन्दा पनि बढी खटियौं । त्यसपछि मलाई 4मा झन् रस थपिँदै गयो । मैले काठमाडौं मोडेल हस्पिटलबाट काम गर्न सुरु गरेँ ।

नर्स बन्नका लागि के कुरा हुन जरुरी छ ?
4 सेवा आफ्नो जीवनमा किन रोज्ने भनेर सुरुमा राम्ररी जानकारी हुनुपर्छ । यसमा आफ्नो दक्षताको मापन आफैं गर्नुपर्ने हुन्छ । एकदमै मेहनती र लगनशील हुन जरुरी छ । आफ्नो सिपलाई जति निखार्दै लान सक्यो त्यति नै यो पेसामा टिक्न सकिन्छ । आफ्नो स्किललाई जति निखार्यो‍ त्यति नै यस क्षेत्रमा सफलता पाउन सकिन्छ ।

कस्तो कलेज छान्नुपर्छ ? केके कुरामा ध्यान दिने ?
आफ्नो सिप र दक्षताको प्रयोग कहाँ कसरी हुन सक्छ भनेर बुझेर मात्र त्यस्तो कलेज छान्नुपर्ने हुन्छ । कुन कलेजले धेरैभन्दा धेरै प्राक्टिकल गराउँछ अनि त्यहाँ पढाउने शिक्षक कत्तिको दक्ष छन् भन्ने कुरामा ध्यान दिनुपर्छ । आफ्नै अस्पताल भएको, बिरामीको अनुपात बढी भएको ठाउँमा भर्ना हुन उपयुक्त हुन्छ ।

4मा अहिले के समस्या देख्नुहुन्छ ?
नर्सहरूले पेसा अनुसार सुविधा नपाएको गुनासो सुनिन्छ । कहीँ एकदमै थोरै पैसा दिएर राखिएको हुन्छ भने कसैले सित्तैमा पनि काम गरिरहेका हुन्छन् धेरै वर्षसम्म। यसमा सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्‍यो । हामीसँग 4को बजार छ तर प्रणााली भएन । एउटा संस्थामा काम गरिराखेको अवस्थामा अर्को संस्थाले दुई–तीन हजार बढी पैसा दिने भयो भने छोडेर जाने चलन बढेको छ । पैसा मात्र ठूलो कुरा होइन अरू मोटिभेटिङ फ्याक्टरको पनि विकास हुन जरुरी छ । अध्ययन बिदा, सुत्केरी बिदा जस्ता सेवासुविधा मिलाउनुपर्छ । त्यसमाथि तलब पनि चित्तबुझ्दो हुनुपर्छ । नेपाल सरकारले तोकेको स्टाफ नर्सको तलब २३ हजार ५ सय छ। निजीमा पनि कम्तीमा त्यति हुनुपर्यो‍, यसभन्दा धेरै तलब खाने नर्सहरू पनि छन् । स्टाफ नर्स जहिल्यै त भइराखिँदैन। बिएन, एमएन पढ्नुपर्ने हुन्छ। त्यसका लागि अध्ययन बिदा मिलाइदिन जरुरी छ । नर्सहरू विशेषज्ञता हासिल गरेर आउँदा अझ राम्रो हुन्छ । जस्तैः क्यान्सर, आइसियू, हेमोडाइलाइसिस आदि ।

यहाँ सेवासुविधा नपाएर विदेशिने प्रवृत्ति पनि छ नि ?
नर्सहरू विदेशिने जुन कुरा छ, त्यो त्यति नराम्रो पनि होइन किनकि त्यहाँ पढेको सिप यहाँ आएर उपयोग गर्ने न हो । तर फर्केर नआउनु चाहिँ बेफाइदा हो । भविष्य एकदम राम्रो छ तर सुरुदेखि
राम्ररी मेहनत गर्नुप¥यो । सिप छ भनर बेरोजगार चाहिँ बस्नुपर्दैन ।

4 क्षेत्रमा कस्तो सुधारको जरुरी देख्नुहुन्छ ?
अहिले 4मा जनशक्ति उत्पादन भइरहेको छ । तर त्यो अनुसार अवसर सिर्जना भइरहेका छैनन् । यहाँ माग कम, आपूर्ति बढी भएका कारणले केही समस्या उत्पन्न भएका छन् । नेपाल 4 परिषद्का अनुसार एक विद्यार्थीले कम्तीमा तीन जना बिरामीसित प्राक्टिकल गर्न पाउनुपर्छ । हरेक कलेजमा यो कडाइका साथ लागू हुनुपर्छ । यहाँ कतिपय सिटिइभिटीबाट मान्यता प्राप्त कलेजको पनि प्राक्टिकल गराउने आफ्नै अस्पताल छैन । उनीहरू पैसा तिरेर अन्तै पठाउने गर्छन् । यहाँ व्यावहारिक शिक्षा प्रदान गर्नुभन्दा पनि व्यापारीकरण बढी छ । क्लिनिकल एक्सपोजर नै कम भयो भने त्यसमा गुणस्तरीयता र व्यावहारिक शिक्षाको कसरी अपेक्षा गर्न सकिन्छ ? धेरै कलेजले सय बेडको अस्पताल छ, यहाँ राम्रो प्राक्टिकल हुन्छ भनेर प्रचारबाजी गरिरहेका हुन्छन्; तर त्यहाँ
बिरामी नै हुँदैनन् ।

सुधार कसरी गर्ने त ?
4मा गुणस्तर र भावी पुस्ताको राम्रो भविष्य हेर्न चाहने हो भने विद्यार्थी र बेडको अनुपात होइन बिरामी र बेडको अनुपात हुनुपर्छ । यस विषयमा चाहिँ स्वास्थ्य मन्त्रालयले एकदम कडा हुनुपर्छ । 4 प्रोगाम चलाउनलाई कम्तीमा एक सय बेडसहित सबै सेवासुविधा भएको र न्युनतम तीन वर्ष चलेको अस्पताल हुनुपर्छ भन्ने नियममा छ तर धेरैले यसको राम्ररी कार्यावन्यन गरेका छैनन् । २०५० सालको दरबन्दी नै अहिले २५ वर्षपछि पनि चलिरहेको छ । यहाँ जनसंख्यामा वृद्धि भइसक्यो, स्वास्थ्य समस्या पनि अनेक आइसके तर दरबन्दीमा अझै फेरबदल भएको छैन ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live