काठमाडौं- सानेपास्थित स्टार हस्पिटलले भदौ महिनाभर एक महिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ। शिविरको औपचारिक उद्घाटन नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्कीले गरेकी छन्।
स्वास्थ्य नै सम्पत्ति भन्ने नाराका साथ संचालन हुने शिविरमा मुटु, मिर्गाैला, कलेजो, छाती तथा पेट रोग, मधुमेह तथा थाईरोईड रोग सम्बन्धी चिकित्सकिय सेवा प्रदान गरिने छ।
यसका साथै शिविरमा चिकित्सकको शिफारिस अनुसार गरिने परिक्षण, भर्ना शुल्क तथा शल्यक्रियामा ५० प्रतिशत छुट तथा औषधिमा १० प्रतिशत छुट दिने अस्पतालका सिओओ डा सन्देश जिसीले बताए।
अस्पतालले तीजलाई लक्षित गरी अस्पतालले छुटका साथै महिला हेल्थ प्याकेज पनि भाद्र महिना भर संचालन गरेको अस्पतालका व्यवस्थापक हरी ढकालले बताए।
कार्यक्रममा बोल्दै मुटु रोग विशेषज्ञ डा देव कुमार न्यौपानेले स्वास्थ्य र सुन्दरता एकअर्काका परिपुरक रहेको हुनाले सुन्दर रहन स्वस्थ मुटु र स्वस्थ शरिरको आवश्यकतामा जोड दिँदै नियमित स्वास्थ्य जाँच गर्न सुझाए।