काठमाडौं– त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएस सहित ब्याचलर तहको विभिन्न विषयको विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ। शुक्रबारदेखि भर्नाका लागि विद्यार्थीले आवेदन फर्म भर्न सक्नेछन्।
आइओएमले सार्वजनकि गरेको सूचना अनुसार आवेदन फर्म भरेकाहरुको प्रवेश परीक्षा असोज ६, ७ र ८ गते हुने छ। आइओएमले यो पटक एक विषयसहित अन्य विषयमा पनि आवेदन दिनसक्ने व्यवस्था गरेको छ। विद्यार्थीको मागलाई ध्यानमा राखेर आइओएमले एमबिबिएसमा आवेदन दिएकाले आयुर्वेद तथा अन्य कुनै एक गरी तीन विषयमा आवेदन दिन सक्ने व्यवस्था गरिएको आइओएमका डिन डा जगदिश अग्रवालले जानकारी दिए।
उनका अनुसार पिसिएल 4 उत्र्तिण गरी न्यूनतम योग्यता पुगेका परीक्षार्थीले बिएनका साथै बिपिएचमा समेत आवेदन दिन पाउने छन्। यसका साथै प्लस टु तथा पिसिएल बायोलोजो समूहका परीक्षार्थीले एबबिएिस र बिडिएस वा बिपिएच मध्ये कुनै एक सहित अन्य थप दुई गरी तीन शैक्षिक कार्यक्रमहरुमा आवेदन दिन पाउने छन्। यसका लागि विद्यार्थीले विषय अनुसार छुट्टाछुट्टै फारम भने भर्नुपर्ने हुन्छ।
सरकारले चिकित्साशास्त्र तर्फ सबै विश्वविद्यालय तथा प्रतिष्ठानका एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा एउटै बनाउन एकिकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स एक्जाम)को तयारी अगाडि बढाएको भए पनि यो वर्ष नहुने भएको हो। एकिकृत प्रवेश परीक्षा नहुने भएपछि अाइअोएमले छुट्टै सूचना निकालेको हो।
हरौं पुरा सूचना