काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ब्याचलर तहको विभिन्न विषयको विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ। प्रतिष्ठानले शुक्रबारदेखि भर्नाका लागि विद्यार्थीले आवेदन फर्म भर्न खुला गरेको हो।
प्रतिष्ठानका अनुसार आवेदन फर्म भरेकाहरुको प्रवेश परीक्षा असोजमा हुने छ। एमबिबिएसको परीक्षा असोज २० गते, बिएस्सी 4 र बिएस्सी एमआइटीको परीक्षा असोज २६ गते हुने छ।
सरकारले चिकित्साशास्त्र तर्फ सबै विश्वविद्यालय तथा प्रतिष्ठानका एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा एउटै बनाउन एकिकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स एक्जाम)को तयारी अगाडि बढाएको भए पनि यो वर्ष नहुने भएको हो। एकिकृत प्रवेश परीक्षा नहुने भएपछि धरानले छुट्टै सूचना निकालेको हो।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले पनि छुट्टै सूचना निकालिसकेको छ। आइओएमले सार्वजनकि गरेको सूचना अनुसार आवेदन फर्म भरेकाहरुको प्रवेश परीक्षा असोज ६, ७ र ८ गते हुने छ।
हेरौं धरानको सूचना