काठमाडौँ – भास्कुलर सोसाइटी अफ नेपालले रक्तनली जोड्ने कार्यशाला गोष्ठीको गरेको छ। शनिवार काठमाडौं उक्त गोष्ठि भएको हो।
चोट लागेर वा अन्य कारणले रक्तनलीको प्रवाहमा अवरोध भएमा तुरुन्तै रक्तनली सञ्चालन गर्ने शल्यक्रियाको विधिवारे कार्यक्रममा जानकारी गराइएको थियो । ११ जना भास्कुलर सर्जनले २२ रेसिडेन्ट र जुनियर फ्याकल्टीलाई चार घन्टासम्म अभ्यास गराइएको आयोजकले जानकारी गराए।
हालसम्म भास्कुलर सर्जरीको कार्यशाला गोष्ठी काठमाडौं बाहेक पोखरा नेपालगञ्ज र विराटनगरमा गरी चारपटकसम्म सञ्चालन गरिसकेको छ । आउँदो मंसिर १ गते चितवनमा भास्कुलर सर्जरी कार्यक्रम गर्न लागेको भास्कुलार सोसाइटी अफ नेपालका अध्यक्ष प्रा डा उत्तमकृष्ण श्रेष्ठ जानकारी गराए।