काठमाडौँ –सानेपा स्थिगत स्टार हस्पिटल र नेपाल बङ्गलादेश बैँक लि., काठमाण्डौँ बिच सहकार्य को सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा नेपाल बङ्गलादेश बैँकका तर्फबाट बैँकका डिपुटी सि.ई.ओ सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार स्टार हस्पिटलले नेपाल बङ्गलादेश बैँकका ग्राहक, कर्मचारी तथा ग्राहक र कर्मचारीहरुका परिवारजनहरु लाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नुका सथै छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ भने बैकका कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाउनुपर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताएका छन्।