टिप्स/जानकारी

क्यान्सरका औषधीमा अपनाउनु पर्ने सावधानी

सन्तोष खनाल, फर्मासिष्ट

क्यान्सर रोकथामको लागि प्रयोग हुने औषधि अर्थात् एन्टी क्यान्सर ड्रग्स 'केमो' औषधिहरु अन्य औषधिको तुलना धेरै असर तथा दुष्प्रभाव गर्ने हुन्छन्। 

क्यान्सर भएको व्यक्तिले एक वा एक भन्दा बढी औषधिहरु क्यान्सर निदानको लागि प्रयोग गरिरहेका हुन्छन्। ती औषधिको प्रयोग गर्ने प्रविधीलाई 'केमोथेरापी' भनिन्छ ।  यी औषधिको लापरवाहीपूर्ण सेवन गर्ने र गराउनेलाई धेरै जोखिम छ । अहिले बिभिन्न प्रकारका केमोथेरापी बनेका छन् । हरेक औषधीको प्रयोग गर्ने तरिका फरक हुन्छ– साथै केमोथेरापी फरक हुन्छन् । केमो औषधीहरू सुर्इबाट नशामा लगाइन्छ , केही केमो मुखबाट सेवन गर्नुपर्छ।

कुन केमोथेरापी प्रयोग गर्ने निर्णय क्यान्सरको प्रकार, बिरामीको अवश्था र उमेरको आधारमा गरिन्छ । यी औषधिले सामान्य कोषलाई समेत असर गर्ने हुँदा निम्न कुरामा ध्यान दिन जरुरी छ । 
१. यस्तो औषधी सेवन गराउँदा छुट्टै स्थानको व्यवस्था गर्नुपर्छ।

२. गर्भवती महिला, स्तनपान गराइरहेकी महिलाहरुको नजिक तथा उनीहरुको सम्पर्कमा क्यान्सरका औषधिहरु सेवन नगर्ने तथा नगराउने।

३. यस्ता औषधीहरुमा सचेतनामूलक लेवल टाँसेर भण्डारणमा समेत जानकारी गराउने।

४. यदि औषधी प्रयोग गर्दा गर्दै प्रयोग नगर्नुपर्ने भएमा वा औषधीको म्याद सकिएमा प्रतिस्थापन तथा व्यवस्थापन गर्नुपर्ने भएमा चिकित्सक वा फर्मासिष्टसँग जानकारी लिने।

५. औषधी सेवन गर्दा खुल्ला हातले प्रयोग नगर्ने वा नगराउने।

६. बच्चा र अन्य परिवारको पहुँचबाट टाढा राख्ने।

७. औषधीले अन्य असर तथा समस्या देखिएमा चिकित्सक वा फर्मासिष्टसँग सल्लाह लिने।

८. चिकित्सक, फर्मासिष्ट नर्सहरुले औषधि प्रयोग गर्दा, विक्रिवितरण तथा औषधीजन्य सेवा दिँदा सचेत भई अस्पतालको निर्देशन बमोजिम कार्य गर्ने।

९. औषधीहरु अस्पतालमा भण्डारण गर्दा छुट्टै ठाउँमा गर्ने तथा अन्य औषधी सँग नराख्ने।

१०. क्यान्सरका औषधीहरु सुरक्षित, सुख्खा ठाउँमा राखी घामपानीबाट जोगाउने।

११. क्यान्सरका औषधी विक्रिवितरण गर्ने ठाउँमा सचेतमुलक जानकारी तथा चिन्नहरु राखी जानकारी गराउने।

१२. विक्रिवितरण तथा औषधी प्रयोग गर्ने, गराउने स्वास्थ्यकर्मीलाई तालिम तथा प्रयोगात्मक शिक्षा दिने।

 (खनाल सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत छन्)
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live