झापा– प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मेची अञ्चल अस्पतालको अनुगमन गरेका छन् । अनुगमनमा क्रममा अस्पताल ओझेलमा परेको भन्दै उनले स्तरोन्नति गर्ने बताएका छन्।
स्वास्थ्य सेवालाइ उपलब्धिमूलक वनाउन एउटा समूह बनाएर प्रदेश १ भरी नै अध्ययन गरिरहेको भन्दै मन्त्री घिमिरेले भने, ‘यस प्रदेशमा रहेका चौध जिल्लाका ११ सय ५७ वटा वडा लगायत अञ्चल तथा क्षेत्रका अस्पतालहरुको अनुगमन भइरहेको छ। यो प्रदेशको आवश्यकतालाई हेरेर आगामी ५० वर्षको लागि हुनेगरी स्वास्थ्य संस्था निर्माण गर्र्ने योजना छ।’
प्रदेश सरकार नयाँ भएकाले सवै कानून निर्माण भइनसकेकाले केही समस्या आएको उनले बताए । अस्पतामा रहेको विकास समिति खारेज भएको स्मरण गराउँदै तत्कालको लागि वेवारिसे हुन नदिन केही दिनभित्र नयाँ व्यवस्था गर्ने जानकारी उनले दिए। सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमलाइ प्रभावकारी बनाउन मेची अस्पताललाई प्रमुख केन्द्रको रुपमा अघि सारिने उनको धारणा थियो ।
सोही अवसरमा नेकपा निकट यवा संघ नेपाल भद्रपुर नगर कमिटिले सर्पदंश उपचार केन्द्र स्थापनाको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । त्यसैगरी मन्त्री घिमिरेले अञ्चल अस्पातलबाट सञ्चालित विभिन्न सेवा कक्षाहरुको स्थलगत अवलोकन समेत गरेका थिए । अस्पतालको अवस्था र सेवासुविधाका बारेमा मेसु डा. पिताम्बर ठाकुरले जानकारी गराएका थिए ।