काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्न डा गोविन्द केसीलाई बोलाएको छ।
प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि छलफल गर्न आज डा केसी र केसीका वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंह दुवैलाई डाकेको हो।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
शिक्षा तथा स्वास्थ्य समितिद्वारा दुवैलाई पत्र काट्दै विधेयकमाथि छलफलका लागि बोलाइएको हो।
संसदले हाल उक्त विधेयक अध्ययन तथा छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको छ।
समितिले मंगलबार माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गरेको थियो।
कार्यदलका संयोजक केदारभक्त माथेमा लगायत उक्त छलफलमा सहभागी छन्। चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति बनाउन डा माथेमाको संयोजकत्वमा बनेकाे कार्यलदमा केयुका पूर्वउपकुलपति डा सुरेशराज शर्मा, आइओएमका पूर्वडिनहरू डा मदन उपाध्याय र डा रमेशकान्त अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की, शिक्षण अस्पतालका पूर्वनिर्देशक डा भगवान कोइराला, शिक्षामन्त्रालयका सहसचिव डा हरि लम्साल र स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी सदस्य थिए।
डा केसीलाई पठाइएको पत्र: