फिचर

बाटोमै आपतकालिन उपचार, स्वास्थ्यकर्मी आफैंले बोकेर स्वास्थ्यचौकी

 प्रकाश सिंह

बैतडी– नेपालका स्वास्थ्यकर्मीले के–के गर्नुपर्छ होइन, के मात्रै गर्नुपर्दैन भन्ने कुराका लागि शब्दको खात जरुरी छैन ।

माथिको तस्बिरले स्पष्टै बुझाउँछ । तस्बिरमा स्वास्थ्यकर्मी हेमन्त सिंह साउद र अनमी पशुपति बोहरा आफैं बिरामी बोकेर ओरालो लागिरहेका छन् । एक महिलाले हातमा लिइरहेको सलाइन पनि उनीहरुले बाटोमै लगाइदिएका हुन्। उनको जीवन जोगाउन आपतकालिन उपचार सेवा उनले बाटोमै दिएका थिए। जसका कारण जीवनको आशा मारेकी एक सुत्केरी महिला अहिले नयाँ जीवन प्राप्त गरेको अनुभव गरिरहेकी छिन्।

घटना विवरण यस्तो छ, पुर्चौडी नगरपालिका ९ तल्लादेही बस्ने २५ वर्षीय सीता ढुङगेललाई सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले सोमबार स्वास्थ्य चौकी लगे । स्वास्थ्य चौकी निकै टाढा भएकाले उनले बाटामै छोरी जन्माइन् । तर साल अड्कियो, उनलाई अत्याधिक रक्क्तस्राव हुन थाल्यो । त्यसपछि बेहोस समेत भइन् ।

स्वयम्सेविका कलावती ढुङगालले तल्लादेही स्वास्थ्य चौकीमा फोन गरिन् । स्वास्थ्यकर्मी बच्चा पाएको ठाउँमा पुगेर उपचार गरे । उनलाई बोकेर सलाइन दिँदै स्वास्थ्य चौकी इन्चा सउदले आफू कार्यरत स्वास्थ्य संस्थामा ल्याए । अहिले त्यहाँ थप उपचार भइरहेको उनी बताउँछन्। ‘त्यहाँ पुगेर समयमै स्वास्थ्य सेवा नदिइएको भए उनको अवस्था निकै जटिल हुन्थ्यो,’ साउदले भने ।

गाउँमा बिरामी बोक्ने मान्छेको अभावले होइन, छुई मान्ने रुढीवादी प्रथाले गर्दा स्वास्थ्यकर्मी साउद आफैं बिरामी बोक्न अघि सर्नुपर्ने अवस्था बन्यो । बैतडीका केही ठाउँमा अझै सुत्केरी महिलालाई पुरुषले छुन हुन्न भन्ने रुढीबादी मान्यता यथावत छ।

अहिले सीताको तल्लादेही स्वास्थ्य चौकमा उपचार भइरहेको छ । ‘हाम्रो काम स्वास्थ्य चौकीमा मात्र सेवा दिने होइन, जहाँ पर्छ त्यहीँ पुगेर सेवा दिने हो,’ बाटोमा गएर सेवा गर्ने हो, अनमी पशुपति कुमारी बोहोराले  भनिन् । धेरै  रगत गएर म नसक्ने अवस्था पुगें । कतिबेला अचेत भएछु । उहाँहरु त्यहीँ पुगेर मेरो उपचार गरे ज्यान जोगाउनुभयो,’ सीतले भावुक हुँदै भनिन् । 

सीता जस्तै पुर्चौडी नगरपालिका ५ तल्लादेहि २० बर्षीय कमला भण्डारीले पनि एक महिना पहिला बाटोमै बच्चा जन्माएकी थिइन् । स्वास्थ्य चौकी टाढा बोकेर ल्याउनु पर्ने समस्या भएकाले बाटोमै बच्चा जन्माए हुन् । त्यो समय पनि बाटोमै गएर स्वास्थ्यकर्मीले सेवा दिएको स्वास्थ्य चौकीले बताएको छ । यो ठाउँ सदरमुकाम गोठालापाीबाट सबै भन्दा टाढाको पर्ने गर्छ । यहाँका अधिकांस महिलाहरुले घरमै बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता रहँदै आएको छ । तल्लादेही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा आएकोलाई मात्र नभई बाटो घर बिरामी भएकै ठाउँमा उपचार गर्ने गरेको स्थानीयबासी बताउँछन्। 

बैतडी जिल्लामा १ सय २६ ठाँउमा प्रसुति केन्द्र छन् । धेरै ठाउँमा सेवा भएपनि संस्थागत सुत्केरी सेवा ६४ प्रतिशत मात्र रहेको जिल्ला अस्पताल बैतडीकी पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् । आधा घण्टाको पहुँचमा स्वास्थ्यकर्मी हुनुपर्ने प्राबधान भएपनि बैतडीका केही गाउँ दुईतिन घण्टा टाढा रहेको बताइन् । दुर्गम गाउँका महिलाको स्वास्थ्यमा पहुँच पुग्न नसक्दा बाटोमा वा घरमै बच्चा जन्माउने गरेको बताइन्। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

shanti Neupane लेख्नुहुन्छ भदौ २४, २०७५ आइतवार १५:००:२१
एकदमै राम्रो सामाजिक सेवा गर्नु भएको छ सबैलाई धेरै धेरै धन्यवाद ।
Raj kumari gnawaly लेख्नुहुन्छ भदौ २१, २०७५ बिहिवार २०:३६:०९
धेरै राम्रो ।स्वास्थ्यकमीॅले यसरि नै जनतालाई सेवा दिएकै छन् दिनु नि पछॅ।यो सवभन्दा ठूलो पुनित कायॅ हो।तर सरकार यस्ता स्वास्थ्यकमीॅको वृध्दि विकास र सेवा सुविधाको लागि पनि र स्वास्थ्य विमाको पनि व्यवस्था अनि उच्च शिक्षाको व्यवस्था हुनु जरूरि छ।ओभर टाईमको लिगि के छ त व्यवस्था???
हेमराज भट्ट लेख्नुहुन्छ भदौ १७, २०७५ आइतवार २१:११:१२
एकदमै राम्रो सामाजिक सेवा गर्नु भएको छ सबैलाई धेरै धेरै धन्यवाद । यसरी अरु आपत बिपत मा परेका हरु को सेवा गर्नु नै महान ठुलो धर्म हो ।धर्म कर्म गर्न मठ मन्दिर नै जानू जरुरी छैन ।सामाजिक सेवा नै ठुलो धर्म कमाउनु हो। Thanks dost hemant Singh saud
sasndip लेख्नुहुन्छ भदौ १५, २०७५ शुक्रवार २१:४४:४३
good job
shreya gurung लेख्नुहुन्छ भदौ १४, २०७५ बिहिवार १८:०५:०८
heart tuching pic.ohaharuu jastoo health worker haruu ly sadai samann ra sabashee denuu parchha .
Dharmpal Prasad Raman लेख्नुहुन्छ भदौ १४, २०७५ बिहिवार १४:५३:४२
स्वास्थ्यचौकीमा कुरूवा कोठा बनाउनु पर्छ .
dharma khatri लेख्नुहुन्छ भदौ १३, २०७५ बुधवार २३:२०:१९
great work hemanta saud ji

यसमा तपाइको मत




पढ्नै पर्ने