काठमाडौं– नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था संशोधन नगरिए भदौ १६ गतेदेखि देशभर स्वास्थ्य सेवा नदिने लगायतका आन्दोलनका कार्यक्रम गर्ने भएको छ।
संघको आन्दोलनका कार्यक्रममा गैर सरकारी चिकित्सक संघ नेपालले पनि समर्थन गरेको छ। गैर सरकारी चिकित्सक संघका महासचिव डा रितेश थापाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनमा समर्थन रहेको जनाएका हुन्।
सरकारले माग पुरा नगरे चिकित्सकहरुले आफ्नो लाइसेन्स तथा इथेथ्स्कोप सरकारलाई बुझाउने र सेवा दिन नसक्ने भन्दै यसअघि नै सरकरालाई चिकित्सक संघले भदौ १५ गतेसम्मको समयसिमा दिएको थियो।