काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कार्यालयमा कार्यरत १७ सय भन्दा बढी कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले स्वास्थ्य सेवा विभाग मार्फत हुने सरुवाको सूचीमा आइतबार सहमति दिएको हो।
स्वास्थ्य मन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिवले आइतबार नयाँ दिल्ली जानुअघि विभागबाट हुने सरुवाको सूचिमा सहमति दिएका हुन्। सोही सूचि अनुसार विभागले कर्मचारीहरुको सरुवा गरेको छ।
सरुवा भएका कर्मचारीको सूचि अझै सार्वजनिक गरिएको छैन। सरुवामा विवाद आउने सम्भावना बढेपछि सूचि गोप्य राखिएको हो।
सरुवा भएका कर्मचारीलाई तत्कालै जिल्ला मार्फत नै सरुवाको पत्र पठाउने तयारी भएको बताइएको छ।