काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेश निर्देशनालयमा कामकाज गर्न कर्मचारी खटाएको छ। मन्त्रालयले आइतबार एक सय १८ जना कर्मचारीलाई कामकाज गर्न प्रदेश निर्देशनालयमा खटाएको हो।
नयाँ संघीय संरचना अनुसार बनाइएको प्रत्येक प्रदेश निर्देशनालयमा ३७ जनाको दरवन्दी रहेको छ। जसअनुसार मन्त्रालयले यसअघि नै निर्देशनालयका प्रमुखहरु खटाइएको सकेको थियो। बाँकी रहेको प्रत्येक प्रदेशका ३६ वटा दरवन्दीमध्ये मन्त्रालयले अहिले जम्मा १ सय १८ जनालाई मात्र खटाएको हो।
स्वास्थ्यको नयाँ संरचना अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय हुनेछ।
निर्देशनालयमा स्वास्थ्यका ११ औं तहका कर्मचारी प्रमुख हुनेछन्। निर्देशनालयमा प्रमुखसहित ३७ जना कर्मचारीको दरवन्दी हुनेछ। निर्देशनालयमा ९ वटा शाखा रहनेछ।
सरकारले पारित गरेको संरचना अनुसार निर्देशनालयमा नीति, योजना तथा कार्यक्रम समन्वय, चिकित्सा सेवा तथा रोग नियन्त्रण, खरिद तथा आपूर्ति व्यवस्थापन, प्रशासन, अनुगमन, मुल्यांकन तथा नियमन, स्वास्थ्य सुचना तथा जनसंख्या व्यवस्थापन, आयुर्वेद तथा वैकल्पिक चिकित्सा, स्वास्थ्य प्रर्वद्धन तथा तालिम र 4 सेवा व्यवस्थापन शाखा रहने छन्।
निर्देशनालयलाई एक सय ९ वटा कार्यविवरण समेत तोकिएको छ।
यस्तो छ संगठन संरचना र दरवन्दी