चितवन– नेपाल जनस्वास्थ्य प्रतिष्ठानले चितवन जिल्लाका विभिन्न स्थानीय स्वास्थ्यकर्मीलाई विषादीको प्रयोग र यसले मानव शरीरमा पार्ने नकारात्मक असरबारे तालिम कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजना अन्तर्गत सञ्चालन गरिएको हो।
विषादीसँग सम्बन्धित बिरामी आउँदा समस्याको पहिचान गर्ने र रोकथामका लागि परामर्श प्रदान गर्ने विषयमा जानकारी दिइएको थियो। भदौ १२ गतेदेखि तीन दिनसम्म संचालित तालिममा स्थानीय स्तरका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।
पछिल्लो तथ्यांक अनुसार बढी विषादी प्रयोग हुेने जिल्लामध्ये पाचौँ स्थानमा छ। जिल्लावासी असुरक्षित खाद्यन्नको जोखिममा रहको देखिएको छ। स्वास्थ्यकर्मीमा विषादीको प्रयोग र यसले पार्ने अल्पकालीन र दीर्घकालीन असरका स्वास्थ्यकर्मीलाई सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आजोजना गरिएको हो।
परियोजनाका केन्द्रीय संयोजक, प्रा.डा. अभिनभ वैद्य र फिल्ड अधिकृत, डा. अमृत पोखरेललगायतले स्थानीय स्तरका स्वास्थ्यकर्मीलाई विषादी प्रयोग सम्बन्धी सहजीकरण गरेका थिए।
स्थानीय स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत् कृषि सहकारी र समुदायमा विषादीसम्बन्धी जनचेतना पु¥याउन सके पक्कै पनि विषादी न्यूनीकरणमा टेवा पुग्ने परियोजनाका प्रबन्धक एवं जन–स्वास्थ्यकर्मी, सिमृन काफ्लेले बताइन्।