काठमाडौं– मुलुकी अपराध ऐनका केही प्रावधानलाई लिएर आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा ५ बुँदे सहमति हुने भएको हो। सहमतिको बुँदामा हस्ताक्षर गर्ने तयारी भएको छ।
संघसँग यी ५ बुँदामा सहमति हुँदै छ :
१ं. दफा २३० मा रहेको अनुभवको आधारमा पनि उपचार गर्न पाउने व्यवस्था खारेज गर्ने।
२. उपचारका विषयमा कसैले उजुरी गर्न चाहेमा ६ महिनाभित्र उजुरी हाल्नुपर्ने।
३. डिउटीमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र हातपात गर्नेलाई पक्राउ गरी धरौटीमा नछाड्ने अर्थात जेल विथआउट बेलको व्यवस्था लागू गर्ने।
४. स्वास्थ्य संस्था तोडफोड गर्नेलाई पनि जेल विथआउट बेलको व्यवस्था लागू हुने।
५. हेलचक्राइ, लापरबाही भएको विषयमा सम्बिन्धत काउन्सिलले छानविन गरेर प्रतिबेदन बुझाएपछि मात्र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने।
डाक्टरहरुसँग भएका यी सहमति ऐनमा संशोधन गर्न कानुन मन्त्रालयमा पठाइने छ।