रुपन्देही – स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र निर्देशनालयका लागी कर्मचारी समायोजन ऐन र नियमाबली विपरित खाली ठाउँमा कर्मचारीलाई सरुवा गरेको भन्दै नेपाल निजामती कर्मचारी आधिकार ट्रेड युनियन प्रदेश नं ५ले मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
नेपाल सरकार मन्त्रीपरिषद्को साउन ५ गते बसेको बैठकले नहुँदासम्म प्रदेश मन्त्रालयले नै कामकाज गर्न खटाउनुपर्ने निर्णय गरेको । मुख्यमन्त्री तथा मन्त्रालयमा एकमुष्ठ कर्मचारी खटाउने भनेकोमा त्यसो नभई केन्द्रबाट नै स्वास्थ्यकर्मी पठाएको प्रति आपत्ति जनाएका छन्। मन्त्रालयले प्रदेशलाई दिएको अधिकार समेत केन्द्रले हनन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल निजामति कर्मचारी आधिकारिक टे«ड युनियन केन्द्रीय सदस्य तथा प्रदेश नं ५ का संयोजक मेघदेव पन्तद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयले कार्तिक २०७५ पछि फाजिल हुने कर्मचारीलाई ब्यबस्थापन गर्नुको सट्टा सेवा दिइरहेका कर्मचारीलाई उक्त खाली ठाउँमा लगेर जनताको उपचार गर्ने कामलाई प्रभावित बनाइएकाले निर्यण सच्चाउन माग गरिन्छ।’
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का सचिव बसन्त अधिकारीले यो सरुवा संघीय नियम बिपरित भएको र यसलाई कार्यान्वयन नगरिने बताएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए। उनले भने, ‘कार्यान्वयन नगर्ने आश्वासन पाइएको छ । कार्यान्वयन गरिए हामी विरोधका कार्यक्रम घोषणा गर्छाैं।’