काठमाडौं– सडक सुरक्षाका समाचारमा स्वास्थ्य क्षेत्र बाहेकका पक्षलाई पनि महत्व दिनुपर्नेमा जोड दिइएको छ।
नेपाल ईन्जुरी अनुसन्धान केन्द्रद्धारा आज काठमाडौँमा आयोजना गरिएको ‘सडक सुरक्षाका विषयम रिर्पोटिङ’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रियाम स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा सुशीलनाथ प्याकुरेलले तथ्यपरक सुचनाका आधारमा मात्र समाचार लेख्नुपर्ने बताए।
उनले भने ‘चालकले मापासे गरेकाले मात्र दुर्घटना हुने होइन, पछिल्लो समय बढ्दै गएको नसर्ने रोगहरु जस्तो उच्चरक्तचाप, मुटु रोग, हृदयघात, मानसिक समस्या, वायु प्रदुषणलगायत विभिन्न कारणले पनि दुर्घटना भइरहेको हुन्छ, यस्ता विषयम पनि विश्लेष्णात्मक समाचार आउनुपर्छ।’
स्वास्थ्यका विषयलाई स्वास्थ्य संस्थाबाट दिइने उपचार सेवालाई मात्र हो भन्ने मानसिकतामा परिवर्तन गर्दै जनस्वास्थ्यका विषय रोग लाग्नै नदिने रोकथामका उपाय, सडक सुरक्षा व्यवस्थापनको आवश्यकताबारे पनि सञ्चारमाध्यमले ध्यान दिनुपर्नेमा उनले जोड दिए।
नेपाल ईन्जुरी अनुसन्धान केन्द्रका डा पुष्पराज पन्तले सडक सुरक्षाका विषयमा समाचार लेख्नुपर्ने आवश्यकता बारे बताए । उनले यूनिभर्सल हेल्थ कभरेज, दिगो विकास लक्ष्य हासिल गर्न पनि सडक सुरक्षाका विविध पक्षहरुबारे जनचेतनामूलक, तथ्यपरक समाचार आउनुपर्ने बताए।
11 संगठनका प्रतिनिधि डा केदार मरहठ्ठाले संगठनले आकस्मिक जोखिम न्यूनिकरण, नसर्ने रोगलगायतका विषयमा काम गरिहरेको बताए।
सडक सुरक्षाका पाँच कुरा सीट बेल्ट लगाएर गाडी चलाउने, मद्यपान सेवन नगर्ने, मोटरसाइकल चलाउदाँ अनिर्वाय रुपमा हेल्मेट प्रयोग गर्ने, बच्चालाई गाडीमा यात्रा गराउदाँ पनि बच्चाको सीट प्रयोग गर्ने बानीको विकास गर्न आग्रह गरे।